मेरो नाम बिपिन (अन्तरलिङगी) कडायत हो । मेरो जन्म अछाममा भएको हो । मेरो बाल्यकालमा केही समस्या भएन किनकी मलाई छोरी भनेर पालियको थियो र म छोरीकै गेटअपमा थिए तर उमेर बढदै जादा मेरो शारिरीक बनावटमा म परिवर्तन हुदै गए र म आफैलाई अरु भन्दा फरक पाउथे ।
समाजमा सबैले जिस्काउथे । अछाम जस्तो ठाउमा जातजातीको आधारमा बिभेद गरिने मेरो समाजमा मलाई त अझ बढी बिभेद हुदै गयो स्कुलमा शिक्षक शिक्षीकाहरुले किताबको भन्दापनि मेरो शारिरीक बनावटलाई लिएर प्रश्नगर्न थाल्य र म बिस्तारै पढाइमा कम्जोर हुदैगए ।
म मा अरु भन्दा फरक भनेको मैले लगाउने लुगा मात्रै केटिको थियो तर मैले आफुलाई मनबाटै केटा नै ठान्थे । मेरो बाल्यकाल अछाममै बित्यो । मलाई छोरी भनेर पालेकाले मैले लगाउने लुगापनि सानोमा केटिकै थियो ।
मैले मेरो बारेमा १२-१३ बर्षको उमेरमा थाहा पाएको थिए । मेरो सानोमा पढाई धेरै राम्रो भएपनि केटि नै मन पर्छ जस्ता प्रश्नले मनमनै जलायो । पछि उमेर बढदै गए पछि आफु के हो ? म किन अरु भन्दा फरक छु ? यिनै कुराहरुले मलाई सताउदै गयो जसकारण समय बित्दै जादा पछि गएर म आफ्नो पढाईमा कमजोर हुदै गए ।
मेरो परिवार २०७० सालमा कैलाली बसाई सरेपछि मलाई अझै गाह्रो भयो नया ठाउ म अझै बिभेदको सिकार हुदै गए । कैलाली बसाई सरेको २ बर्ष नबित्दै मेरो बहिनीको स्वास्थ्यमा समस्या आयो जसकारण उनले यो संसार छाडन बाध्य भइन र मेरो परिवारमा बज्रपात आइलाग्यो । सम्झन्छु म अझैपनि कहिले काही डर लाग्छ । यो त प्राकृतिक नियम, जन्मपछि मृत्यु निरन्तरता हो तर पनि आफै माथि आइलाग्दा आफुलाई सम्हाल्न गाहो हुदो रहेछ ।
समाजमा मेरो कुरा काटनेहरुको कमी थिएन फलानोको छोरी यस्तो उस्तो भनेको सुन्दा मनमागहिरो घाउ पुग्थ्यो मलाई, कहिले काही सोच्दथे की म यो संसारमा बाचेर के गर्नु बरु म विषखाएर मर्छु भनेर पनि कति पट्क विषको बोतलमा हात नगएको पनि होइनन मेरो तरपनि म भित्रको मनको हिम्मतका कारण मैले ठूलो साहास निकाल्थे अनि आफैले आफैसंग प्रश्नगदै भन्थेकी मैले समाजलाई केहि गरेर देखाउनु पर्छ मरेर होईन भनेर मनमनै साहास बटुल्थे ।
कोही त होला म जस्तो भनेर खुसीहुन्थे तर यहा सम्म पुग्दा पनि मलाई मेरो बारेमा थाहा थिएन यहा सम्मकी LGBTI भन्ने शब्दनै सुनेको थिएन । बिस्तारै बिस्तारै आफ्नो बारेमा इन्टरनेटको साहायताले मैले सामाजीक सञ्जालहरु, अनलाइनमा बिस्तारै बुझन अनि खोज्न थाले । लगातार एक बर्षको मेहनतले अलि अली जाने कि मैले म केटी भएर केटी तिरै आकर्षित भएको र त्यसको कारण रहेछ म आफुले आफुलाई लेस्विन हो भन्नु पर्ने रहेछ भन्ने कुरा थाहा पाए मैले, अनि म समाजमा खुल्नथाले र मैले आफ्नो परिचय म को हु, मेरो वास्तविकता के रहेछ भनेर थाहाभयो । त्यतिबेला म एकदमै खुसीले गद गद भएको थिए किनकी म वर्तमान, अन्तरलिङी, मेरो वास्तविकता थाहा पायको थिए मैले त्यसदिन संसारको सारा खुशी मेरै पोल्टामा आएर खसेको आभाष हुन्थ्यो र हुनगयो ।
आफु सगैको साथीहरु उमेर सगै आफनो घर बसाउन थाले तर मेरो ठिक उल्टो हुदैगएको थियो । कहिले काही बाबाआमा कराउदा पनि सारै मन रुन्थ्यो । आमा धेरै रुनु हुथ्यो सायद मलाई सम्झेर होला जस्तो लागथ्यो । मैले मेरो बारेमा बुजेको थिए तर आफ्नो परिवारमा मैले आमाबाबालाई चाहेर पनि बुजाउन सक्दैन थिए । मनमनै मेरो आखाबाट आशुका धारा बग्दथे के गरु, कसो गरु मनमा एउटा छटपटिको नै आभाष हुनगयो ।
स्कुलमा सरहरुले नराम्रो ब्यवहार गर्नु हुन्थ्यो । म सरहरु बाट बिभेद हुने हो की भन्ने डरले मैले आफ्नो यौनिक्ता लुकाएर बसेको थिए । मेरो आवाज बोल्दा बोली केटिको भन्दा केटाको जस्तो भएको महसुस हुन्थ्यो । मेरो अगाडी कसैले केही नभनेता पनि म हिड्ने बाटो घाटोमा छर छिमेकीले यो त छक्का होरे भनेको सुन्दा मेरो आखाबाट आशुकाधारा बग्दथ्यो । म किन बाचेछु जस्तो लाग्थ्यो ।
जसोतसो SLC दिए । हरेक मान्छेको रहर हुन्छ आफ्नो जिवनसाथी रोज्ने पनि त्यसै क्रममा मेरो पनि घर नजिकैको केटी साथी थिइन । म के हो, उसलाइ मात्र थाहा थियो ।
हामी एकअर्कालाइ माया गथ्यौ । तर पछि हाम्रो सम्बन्ध सबैलाइ थाहा भयो । मेरो परिवारले मलाइ विभिन्न शब्दहरुको वर्षात मै माथि खनाइदिए । विभीन्न तरिकाले म माथी गाली गलोज गरे र भन्न लागे के केटि केटिको बिवाहा हुन्छ ? कराउनु हुन्थ्यो यसै बिचमा हामी घरबाट भागेर पनि गयौ तर खोजेर ल्याए र घरमा सबै मान्छे जम्मा पारे दुबैलाई बोल्न लगाए ।
४०-५० जनाको अगाडी बोल्न लगाए दुबै जनाले सगै बस्ने आगरह गरेम । उल्टो हामी दुबैलाई बेहोस हुनेगरि कुटियो । हाम्रो घर नजिकै थियो उसलाई कुटेर उसको घरमा लगे मलाई पनि कुटे त्यहि दिन मेरो बाबाले मेरो घर छोडेर निस्कीहाल भन्नु भयो त्यस पछि काठमाण्डौ आए चिने जानेको कोहि थिएन सायद समलिङी बिवाहलाइ सरकारले मान्यता दिएको भए हामिलाई पनि कसैको कुटाई खाएर घर निकाला हुन परदैन थियो होला ।
काठमाण्डौ आएर ईशान दाई सग बसे दाईले मलाई ठुलो गुन लगाउनु भएको छ । मलाई घर बाट निकाल्दा म केटिकै लुगामै थिए काठमाण्डौै आएको एक महिना पछि कपाल काटे अब बसन्ती बाट बिपिन बने सुरुमा आफैलाई कस्तो कस्तो लाग्थ्यो । ऐना हेरन नि सक्दैन थिए । आफुले-आफुलाइ माया गर्नुपर्छ भनेर आफैलाई माया गरे अनि अगाडी बढ्दै छु ।
अहिले आफै एउटा सानो कोठा लिएर बसेको छु म मेरो समुदायको अधिकारको लागि लडिरहेको छु । अब आउने पिढिले मैले जस्तो घरबाट निकालिनु नपरोस बषौ देखि समलिङ्गी सम्बन्धमा बसेकाहरुले मैले जस्तो विभीन्न खाले समस्याहरु झेल्न नपरोस मैले हिम्मत हारेको छैन अझै लडनु छ ।
समलिङ्गी सम्बन्धलाई मान्यता दिनको लागि सरकारलाई निरन्तर दबाब दिईरहेका छौ । एक दिन सफल हुनेनै छौ । आजभोलि घरमा बाबा आमा सग नि कुरा हुन्छ । निक्कै खुसि छु । जिन्दगीलाई बुज्न नसकेर धेरै पिडाहरु सहे तर आज धेरै खुसि छु । मेरो जिन्दगीको एउटा लक्ष्य छ मेरो समुदाएको हक अधिकारको लागि लडने धेरै काम गर्नु छ म अन्तरलिङ्गी हो ।
म खुलेरै भन्छु म यो भएपनि कुनै समस्या हुदैन मेरो अधिकार माग्नलाई थाहा छैन कुन दिन सफल हुने छु । कुनै एक दिन मेरो लागि बिशेष दिनहुने छ । त्यो दिन म मात्रै होईन म जस्तोे लाखौ लाख मेरो समुदायले अधिकार पाउने छन । आज भोलि मितिनी नेपालमा काम गर्छु । निक्कै रमाइला छन हिजो आजका दिनहरु खुसि लाग्छ आफनो समुदायको लागि काम गर्न पाउदा अझै वास्तवमा खुसी त्यस दिन हुनेछु जुन दिन हामीले अरु नागरीक सरह समान र सहजताको साथ बाच्न पाउछौ ।