प्रदेश ३मितिनी समाचार स्पेशलसमाचार

अन्तराष्ट्रिय नारी दिवस

मार्च ८ आज । विश्वभर विभीन्न कार्यक्रम गरी महिला दिवस मनाइदै छ । यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले पनि एक कार्यक्रमको आयोजना गरी उक्त दिवस भब्यताका साथ मनाए । 

उक्त कार्यक्रममा यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरु, महिला हिंसाको विरुद्धमा आवाज उठाउदै आएका व्यक्तिहरु, संञ्चारकर्मीहरु र विभिन्न समितीमा कार्यरत सांसदहरुको समेत उपस्थिती रहेको थियो ।

यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको लागी वकालत गदै आइराख्नु भएको मितिनी नेपालको कार्यकारी निर्देशक सरीता केसीले यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको मानवअधिकारलाई कसरी सुनिश्चीत गर्न सकिन्छ । साथै आफुहरु यौन अभिमुखीकरणको कारणले हरेक क्षेत्रमा हिंसाको शिकार हुदै गएको र आजको दिन्सम्म पनि यसको अन्त्य हुन नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो । 

उहाले कार्यक्रममा बोल्दै एलबीटीआईक्यू का महिलाहरु आज हामीले ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाउदै गर्दा समुदायका व्यक्तिहरु अझै समानताको घेराबाट धकेलिएकोमा आक्रोश प्रकट गदै हामीले न्याय कहिले पाउने ? हाम्रो आन्दोलनको सङघर्ष कहिले अन्त्य हुन्छ इत्यादी कुरामा उहाले उपस्थित सांसदहरुको ध्यानाआकर्षण पार्नुभएको थियो ।   

कार्यक्रममा यौनिकताको कारणले आफुहरु के कस्ता हिंसाको शिकार हुदै गएका छौ भन्नेमा प्रोजेक्टर मार्फत सदिक्क्षा भट्टराईले उपस्थित सबैको ध्यान केन्द्रित गराई स्पस्ट पार्नुभयो । 

सांसदहरु ठगेन्द्र प्रकाश पुरी, हिरा गुरुङ, सरला यादव र युटोल तामाङ लगायतका सांसदहरुले नारी दिवसको शुभकामना दिदै आगामी दिनमा यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको हकअधिकार सबै क्षेत्रमा समान रहने र २०२१ को जनगणनाले यस समुदायको मानवअधिकार कसरी सुनिश्चत गर्न सकिन्छ भन्ने बारेमा समुदायका व्यक्तिहरु संग बसेर थप होमवक गर्नेमा समुदायलाई विश्वसत पार्नुभयो ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap