प्रदेश ३मितिनी समाचार स्पेशलसमाचार

अन्तराष्ट्रिय होमोफोबिया, ट्रान्सफोबिया र बाइफोबिया विरुद्धको भर्चुअल बैठक सम्पन्न

काठमाण्डौ । जेठ ४ । मे १७ अर्थात होमोफोबिया, ट्रान्सफोबिया र बाइफोबियाको विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालले आइतबार राजधानीमा अनलाइन बैठक द्धारा एक आपसमा शुभकामना आदानप्रदानका साथै यस दिवसलाई मनाएका थिए ।

उक्त बैठकमा मितिनी नेपालमा कार्यरत कर्मचारीहरु, यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका सातै प्रदेशबाट प्रतिनिधीत्व गरेका ब्यक्तिहरु, पूर्व मन्त्री, गणेश शाहा, विभिन्न क्षेत्रमा कार्यरत मिडियाकर्मीहरु, सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत व्यक्तिहरु, नेपाल कम्युनिष्ट पार्टीका नेता, सुनिल मान्नधर लगायतका ब्यक्तिहरु प्रमुख उपस्थितीमा मौनता तोड्दै भन्ने मुल विषयमा केन्द्रित रहेर अनलाइन बैठक गरीएको थियो ।

आफ्नो यौनिकताको बारेमा कलिलो उमेरमा आफैले आफैसंग गरीएको संघर्ष, घर परिवार र समाज संग आफ्नो यौनिकताको बारेमा चिदै अगाडी बढ्ेको संघर्षको बारेमा मितिनी नेपालका संस्थापक एवंम हालका अध्यक्ष लक्ष्मी घलानले सबै सामु बताइन । सुरुवाती दिनमा जती आफुले आफ्नो पहिचानको लागी सङघर्ष गर्नु परेको छ । त्यो दिन जस्तो गारो अहिले छैन तर सहज पनि छैन मौनता तोड्न घलानले बताइन । आजको दिनमा पनि हामी यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरुलाई पश्चिमी समाजबाट आएको भन्ने विभीन्न लाल्छना लगाएको देख्दा मौनता तोडेर सबै अघि आउन अझै समय लाग्ने घलानले बताइन ।

पेशाले मेकअप आर्टिस्ट एवंम धेरै समयदेखी यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको हक–अधिकारको लागी वकालत गदै हिड्नु भएको निलम पौडेल आफ्नो बारेमा आजका दिनसम्म पनि समाजले स्विकार पूर्ण रुपमा स्विकार नगरेकोमा दुखेसो ब्यक्त गर्छिन । जनचेतना मूलक काम गरेर हिडेको देख्दा देख्दै पनि समाजले यस समुदायलाई सकारात्मक तरिकाबाट नबुझिदिदा के को लागी मौनता तोड्नु भनि आक्रोश पौडेलले गरिन ।

सुनसरीका कबिता तामांङ धेरै वर्ष देखि एलजीबिटीआईको हक—अधिकारको लागी आवाज उठाउदै हिडियो तर यो विषम पस्थितीमा कानुन कागजमा सिमित भइदिनाले आफ्नो जीवनसाथी संग छुटिएर बस्नु परेकोमा आफ्नो लागी न्यायको ढोका खुल्ने की नखुल्ने अन्यौलमा परेको बताइन । उनले सरकारी तथा गैर सरकारी संस्थाहरुले राहत वितरण गरिरहेको छ । कती साथीहरुलाई सहज छ तर समस्याको समाधान पछि जागीर पनि नभएमा हामी यौनिक तथा लैङिगक अल्पसङख्यक समुदमयका ब्यक्तिहरुको समस्या समाधानमा सरकारको तयारी के हुनेछ ? आर्थिक सशक्तिकरण गर्नको लागी शिप विकासको तालीम ल्याउन जरुरी रहेको बताउदै उनीहरुको इच्छा बमोजिम अबको सरकारले यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायको हकमा पनि बजेट बिनीयोजन गर्नुपर्नेमा सम्बिन्धत निकायको ध्यानाकर्षण तामांङले गराइन ।

अपेक्षा दाहाल, विरेन्द्र चौधरी, अञ्जली, स्वस्तीका परियार लगायतका व्यक्तिहरुले पनि आफ्नो मौनता बे्रक नर्गदाको सङघर्ष र हालको सङघर्षको बारेमा खुलेर जानकारी गराए । उनीहरुले शैक्षिक सामाग्रीमा नै यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायको बारेमा स्पष्ट रुपले राखिदिएमा आगामी दिनमा समस्या नहुने कुरामा एक्यबद्धता जनाए ।

यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरु यस विषम परिस्थतीमा समस्यामा परेमा आफूले सहयोग गर्नेमा पूर्व मन्त्री गणेश शाहले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका नेता सुनिल मानन्धरले संविधानमा लेखिएका कुराहरुलाई जीवनमा उतारनु पर्नेमा जोड दिनुभयो ।
रिता कुमारी शाहा, तुलसा लता अमात्य, रचना अधिकारी, यशो भट्टाचन, जया लुइटेल लगायतका ब्यक्तिहरुको पनि प्रमुख उपस्थिती अनलाइन बैठकमा रहेको थियो ।

उहाहरुले हिजोको दिनमा पनि साथ दिएको र आगामी दिनमा पनि एलजीबीटीआईका मुद्धाहरुमा साथ दिनेमा मितिनी नेपाललाई विश्वस्त पार्नुभयो । त्यसैगरी सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले पनि एलजीवीटीआई मानसिक रोगीको सूचीबाट हटाएपछि यस दिनलाई विश्वभरि नै उत्सवका रुपमा मनाउन थालिएको हो ।

Show More

संबन्धित समाचार

यो पनि पढ्नुहोस्

Close
Back to top button
Close
Share via
Copy link
Powered by Social Snap