खेलकुदजीवन शैलीविचार

आजको समयमा आइपुग्दा पनि सहज छैन हामी जस्तै समलिङगी जोडीहरुलाई सहज तरिकाले जिवन बिताउन ‘सुवास्ना गुरुङ’

समय संग सङघर्ष गदै

बि.स. २०४९ साल, कास्कीको धान्दुक वडा नं. ३ मा सुवास्ना गुरूङको जन्म भएको थियो । आमा बुवा सामान्य लेखपढ गर्न सक्ने भएकाले परिवारलाई जेनतेन चलाउदै अगाडी बढीरहनु भएको थियो । परिवारको दशौ सन्तानको पनि कान्छि छोरीको रुपमा सुवास्नाको जन्म भएको थियो ।भाइ बहिनीलाई पढाउने र हुर्काउने सबै जिम्मेवारी मेरो ठुलो दिदीले लिनुभएको थियो । दिदीले चिया पसलबाट होटल चलाएर हामी सबैजनाको दैनिकी जसोतसो चलिरहेको थियो । आमा बुवाका र दिदी सबैजना होटल व्यवसायमा व्यस्त रहने भएका कारण मैले आफ्नो पढाईलाई निरन्तरा दिइरहोस भनेर परिवारले मलाई होस्टेलमा राखेर पढाउन थाल्नुभएको थियो ।

विशेष गरी सार्वजनीक विदाका दिन म होस्टेलबाट घर आउँदा मेरो मन खिन्न हुन्थ्यो । एक त घर परिवार संगसंगै बस्न नपाएर सानैदेखि टाढा बसेर अध्ययन गनुपरयो । त्यसमाथी पनि परिवारको आर्थिक अवस्था सामान्य भएका कारण सबैजना दुईछाक जोहका लागी व्यस्त हुने गर्नाले मैले परिवारको माया पाउन सकिन र परिवारबाट नजिक हुनुको साटो टाढा हुदै गए ।

म एक्दम एक्लो हुन्थे र मैले आफुसंगका हरेक कुराहरु मनका बह पोख्न, मनका उब्जीएका कुराहरु खोल्न परिवार संग नपाउदा म परिवारसंग घुलमिल हुनु भन्दा अरुसंग नजिक, मेरो मनले भनु या मेरो त्यस समयको परिस्थतीले बनाउदै गयो । म परिवारसंग टाढा हुदै जान थाले ।

समय संग चल्दै गर्दा बिस्तारै–बिस्तारै म घरपरिवार भन्दा पनि आफु संग पढ्ने साथीहरुसंग नजिक हुदै गए । हरेक मेरो कृयाकलापहरु केवल साथीहरुसंग मात्र सुनाउने गर्थे । उनीहरुपनि दंग परेर सुन्ने गर्थे । यसरीनै मेरो दिनहरु बित्दै गयो ।बास्केटबलमा एकदम रुची राख्ने म विद्यालयबाट प्रतिनिधीत्व गरेर खेल्न जादा प्रथम स्थान हासील गरेर आउने र पुरस्कार हातमा पर्दा अझै राम्रो गर्छु भन्ने अठोट मनमा बसेको हुन्थ्यो ।

२०६६ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरे । मैले जिवनको एउटा बसन्त पार गरी दोश्रो बसन्तमा प्रवेश गर्न पाउदा म एकदम खुसीले गदगद भएको थिए । मेरो जिवनको एउटा यस्तो समय आयो मैले अब कुन बाटो रोज्ने, आफ्नो जिवनलाई कता तिर डोराउने यि सबै कुराको उत्तर मैसंग थियो र कक्षा १२ भर्ना हुदा मैले आफ्नो रुची अनुसारको पढाई होटेल म्यानेजमेन्ट पढन मन थियो, परिवारलाई सुनाए तर परिवारले स्र्विकारनु भएन ।

आफ्नो इक्छा विपरीत नर्सिङ पढन लगाउनु भयो । इक्छा विपरीत गरिएको कुनै कुराहरु दिगो रहदैन भने जस्तै मेरो जिवनमा पनि यस्तै भयो । मैले अध्यनलाई पुरा नर्गदै बिच बाटोमा बिर्को लगाउन बाध्य भय र परिवारको सहयोग बिना केही सम्भव थिएन आफ्नो रुची बास्केटवललाई पनि निरन्तरता दिन सकिन । म सबैबाट एक्लो, के गर्ने कसो गर्ने, मेरो जिवनको गन्तब्य के हो आफै अन्यौलमा थिए ।

जिवनमा आफुले सोचे जस्तो गर्न पाइयो न त जिवनमा परिवारले सोचेजस्तो बन्न सकियो । त्यतिबेला सारै दुखी अनि चिन्तीत बन्न पुगे । समयको खेल भनु या के भनु । म आफुले आफैलाई प्रश्न गर्थे । के गर्ने कसो गर्ने एक्दम अन्यौलता थियो मेरो जिवनमा । भविश्यको चिन्ताले दिनरात खाइरहेको थियो । आफुलाई सहयोग गर्ने, आफ्नो मनको बह पोख्ने ठाउँहरु कतै नदेखिदा आखा खोलेर पनि चिम्लीए जस्तै चारैतीर अन्धकार मात्र थिए मेरो जिवनमा केवल अन्धकार मात्र ।

एकदिनको कुरा हो । समय संग सबैको जिवनमा आशाको नया किरण पलाउछ भनु या प्रत्येक रातपछिको उज्यालो दिनले नया आशाको किरणको टुसो बोकेर आय जस्तै भयो मेरो जिवनमा । शारिरीक रुपमा फिट हुन गयको स्थानले मेरो जिवनको भविश्यको निर्धारण गरिदियो । म जुम्बाको प्रशिक्षक भएर निस्कीए । त्यसदिन मेरो खुसीको सिमानै रहेन । जिवनले के कसरी कस्तो घुम्तिहरु निम्ताउछ पतै नपाइदो रहेछ । समयसंगै चल्ने क्रममा मेरो जिवनमा पनि यस्तै भयो ।

                                         मितिनी फिनेटसमा जुम्बा सिकाउदै, सुवास्ना

दिनहरु बित्दै गयो । म हरेक दिन सबेरै उठेर जुम्बा जान्थे । धेरै जनाको म प्रशिक्षक बन्न पुगे । सिक्न आउनेहरुमा पनि एकजना मेरो लागी अलि स्पेशल भनु या मेरो प्रिय बन्न पुगीन । उनको नाम थियो श्रदा अरु भन्दा भिन्न स्वभावकी उनि म उनिसंग बोल्न र नजिक हुन पाउदा एकदम खुसी हुन थाले म । दिनहरु बित्दै गयो । बिस्तारै हाम्रो भेट जुम्बामा दिनानुदिन हुदै गयो । पातलो भेट हाम्रो बाक्लीदै गयो । हामी एक अर्काको नजिक बन्न पुग्यौ । हामी दुई संगै हुदा अरु कसैको आवश्यकता पदैन थियो । हाम्रो नजिक भनेको साथी भन्दा माथी भैसकेको थियो । एक अर्कालाई हामी दुई मन पराउन थालीसकेछौ । समय संगै दुबैजना एकअर्का बिना बाच्न नसक्ने अवस्था हामीमा भैसकेको थियो ।

मनमा कता कता एकदम डरले डेरा पनि जमाइरहेको थियो । घर परिवार र समाजले हाम्रो सम्बन्ध स्विारकर्न सम्भव थिएन । आफु महिला भएर अर्को महिलालाईनै आफ्नो जिवनसाथी बनाउनु भनु या जिवनभर उसैसंग बस्छु भनेर निर्णय लिनु जो कोहीको हकमा सहज थिएन र हुदैन पनि थियो हाम्रो समाजमा । म मा पनि यस्तै भयो । सबैसंग लुकेर भेट्ने आफ्नो मनको कुराहरु एक अर्कामा पोख्ने गर्दथ्यौ । परिवारले रोक्न खोज्दा पनि हामीले हामीदुईको सम्बन्धलाई टिकाउन सफल भैरहेका थियौ । हाम्रो दिनहरु बितीरहेका थिए ।

                                   सुवास्ना,श्रदा गुरुङ, समलिङगी जोडी

एकदिनको कुरा हो । परिवारको कारण श्रदा युके जाने निर्णय भयो । त्यो खबर सुन्दा म छागाबाट खसेको जस्तो भए । के गर्ने, कसो गर्ने म मा एकदम अन्यौलता आयो । उसको परिवार सबैजना युकेमा नै बस्दै आउनु भएको थियो । श्रदा लामो समयदेखि परिवारबाट टाढा भएर बसिररहेकी थिइन । उनले परिवारको कारण युके जाने तयारी गदै थिइन । परिवारसंग भेट्न पाउदा उनको अनुहारमा एकदम खुसी प्रष्ट देखिन्थो । तर कता कता आफु संग टाढा हुने हो की भनेर मेरो मनले मनलाई खान थाल्यो । उनको भिसा आयो । हामी दुई त्यसदिन एक अर्काको अंगालोमा कसिएर एकदम रोयौ र अन्नत श्रदालाई मैले युकेको लागी बिदाई गरेर फर्किए ।

आफुले माया गरेको मानिससंग टाढिएर बस्न एकदम गारो हुन थाल्यो मलाई । घण्टौ फोनमा हाम्रो कुराकानी हुन्थ्यो । श्रदाले परिवारलाई हामी दुईको सम्बन्ध बताउन धेरै प्रयास गर्दा पनि उनि सफल भइन्न र उनी नेपाल फर्किइन । म एकदम खुसी भए । जब श्रदा नेपाल आइन उनको बाबा पनि केही समय पछि नेपाल आउनु भयो । किन फर्किएको के भयो । इत्यादी कुराहरुले एकदम उनमा दबाब हुन थाल्यो र दुबैजनाले आफ्नो सम्बन्धको बारेमा भन्ने ठुलो निर्णय गरेम र परिवारलाई सबै कुरा बतायौ ।

हाम्रो कुरा सुनेपछि बाबा छागाबाट खसेजस्तो हुनुभयो । उहाले विश्वास गर्नु भएन । दिदि बहिनीको सम्बधलाई तिमीहरु के भन्दै छौ । विभिन्न गाली गलोज हामीमाथी प्रहार भयो । परिवारले स्विकारनु भएन । भेटन हामीमा रोक लगाइयो । उनलाई सुधारकेन्द्र देखी उसको परिवारले सकेसम्म सबै खाले उपचार गर्न बाकी राख्नुभएन ।  हामी विभीन्न खाले सहयोगका लागी ढोकाहरु ढक्ढकाउन थाल्यो । यसरी परिवारलाई आफ्नो यौनिकता बारे बताउदा परिवारले स्विकार गर्न नसकेको समय र हामी दुई एक अर्काबिना बाच्न नसकेको अवस्थाले गर्दा अन्नत हामी दुई घरपरिवार सबै छोडेर परिवारको स्विकारर्यता बिनानै काठमाण्डौ प्रस्थान गरयौ ।

यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको हक अधिकारको वकालत गदै आएको संस्था मितीनी नेपालको सम्पर्कमा हामी आइपुगेम र उहाहरुको सहयोगमा हामी संरक्षित भएर आफ्नो दिनहरु बिताउदै जान थाल्यौ ।

बिस्तारै हामी जस्तै ब्यक्तिहरुको हकअधिकारको लागी काममा जोडीने अवसर पनि प्राप्त गरयौ । परिवारले हाम्रो यौनिकताको कारणले आजको दिनमा हामीलाई स्विकार नगरेता पनि भोलिको दिनमा अवश्य पनि स्विकार गर्नु हुन्छ भन्ने ठुलो विश्वासका साथ अगाडी बढिरहेका छौ । हिजोको दिनमा आफ्नो यौनिकताको कारणले परिवारबाट टाढा बस्न परेको हामी जस्तो जोडी भोलीका दिनमा अरु जोडीहरुको प्रेरणाको श्रोत बन्न सकुम भन्दै हक अधिकारको लागी पैरवी गदै हिडीरहेका छौ । हिडीरहनेछौ ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap