विचार

आमा बाबाको अपेक्षा भन्दा फरक सन्तान जन्मीदा सन्तानले भोग्नु परेको पिडा

मेरो बाबालाई छोरा चाहिएको थियो सायद त्यसैले होला म भन्दा अगाडि ५ वटा दिदिहरुको जन्म भइ सक्दा पनि छोराको रहर गरिरहनु भयो । मेरो समाज अझै पनि पुरानै शैलिबाट अगाडि बडिरहेको छ । सायद त्यहि भएर होला मेरो बाबाले पनि समाजको मुख छोप्नलाइ भए पनि छोराको रहर गरिरहनु भयो । आमाले बाबाको रहर लाइ नाइ भन्न सकिन्नु भएन र म छैटौमा जन्मिए मेरो जन्मले बाबाको खुसि हरायो । बाबाले छोरा नै होस भनि देवि देउता पनि भाकेकाले यो चोटि छोरा नै हुने कुरामा बिस्वस्थ रहनु भएको थियो तर म छोरि नै जन्मे पछि बाबाले निधारमा हात बज्रार्दै रुनु भएको थियो ।

हरेक आमालाइ आफनो सन्तानको माया हुन्छ । पश्चिम नेपाल जस्तो अशिक्षीत समाज जहा मान्छेले छोएको पानि चल्दैन छाउपडी, परुथाल, मुलजडा गाढेको छ । जातिए बिभेद धेरै भएको ठाउ यहाका बासिन्दाको जिबिको आर्जन गर्ने ठाउ भनेकै भारत बाहेक बिकल्प छैन । 

बाबा ६ महिना भारत जानु हुथ्यो । फेरि खेती रोपेर भारत जानु हुन्थ्यो । आमाले जसो तसो घर व्यवहार चलाइ राख्नु भएको थियो । हामी आमाले जे दिनु हुन्थ्यो त्यसैमा सन्तोस मानेर बस्थेउ । छोराको रहरले गर्द हामी ६ वटा दिदी बहिनीहरुको जन्म भएको थियो । हामी बिस्तारै समयसंगै उकालो लाग्दै थियौ । 

बाबाको स्वाथ्य अवस्था खस्किदो थियो । हामी मध्यको ३ जना दिदीले बिबाह गरी सक्नु भएको थियो । म र म भन्दा अगाडीको दिदीले मात्र पढेका थियौ । म र दिदी त्यति पढाइमा राम्रो थिएनौ तर म खेलकुदका कार्यक्रममा भने भाग लियकै हुन्थे । बिभिन्न खेलकुदमा भाग लिएरै मैले थुप्रै पुरस्कार जितेको छु । मेरो काम देखेर मेरो बाबा निक्कै खुसी हुनुहुथ्यो । 

मेरो छोरा भनेनी छोरी भनेनी यहि हो भन्नु हुन्थ्यो । मलाइ कता कता गर्व लागेर आउथ्यो । म जतिको खेलकुदमा राम्रो थिए त्यो भन्दा बढी म आफनो बारेमा निक्कै दोधारमा थिए किन की मलाई छोरी भनेर पाले पनि मलाइ छोरिनै मन पर्न गर्द थियो । मलाइ आफनै बारेमा दिक्क लागेर आउने गर्द थियो । तर म खेलकुदमा भने मरिमेटी लाग्थे । मैले स्कुल, जिल्ला अञ्चल हुदै राष्ट्रि«य खेल सम्म खेलीरहेको छु । म फुटबलको खेलाडी हो मैले नेपालमा मात्रै होइन अन्तराष्ट्रि«य खेल खेलिरहेको छु । 

तर म अझै मेरो यौनिक्ताको बारेमा जानकार छैन । जब मंसिर लाग्छ घरमा माग्न आउनेको लहर लाग्छ तर मलाइ केटा मन पदैन । यो कुरा घरमा भन्न सक्दीन । म अहिले काठमाण्डौमा बस्छु कहिलेकाही घर जान्छु चाउरी परेका बाबाका गालाहरुलाइ देख्छु मन भक्कानीयर आउछ । सबै दिदिहरुले बिवाह गरिसके मलाइ किन बिवाह गदैनस भन्नु हुन्छ । उनिहरुलाई कसरी बुझाउ कि मलाई बिवाह गरेर अरुको घर होइन बुहारी ल्याउन मन लाग्छ भनेर गाउ समाजमा राष्ट्रि«य खेलाडी भनेर इज्जत आफनै तरिकाको छ । तर म आफना लाखौ लहरहरुलाइ मनमनै मारेर बाचेको छु । कहिलेकाही लाग्छ आफनो यौनिक्ता किन लुकाउने सबैलाइ भनि दिउ जस्तो लाग्छ फेरि डुब्न लागेको घाम जस्तो आमा बाबालाइ सम्झिन्छु ।

अनि त्यो पुरानै शैलिबाट अगाडी बढेको समाजलाइ नियाल्छु बाा आमालाइ त्यो समाजले के भन्ला भनेर चुपचाप बसेको छु । मेरो मेहनतले घरपरिवारलाई धानिरहेको छु । पहाडको बसाइ भन्दा सहरको बसाइ सुख हुने जस्तो लागेर तराइ तिर सानो जमिन जोडेको छु अब केहि समय पछि आमा बाबालाइ त्यहा सादैछु । 

हिजो आज बिवाहको कुरा कम आउन थालेको छ । आफनो इच्छाहरु मारेर बाच्नु पर्दाको जति पिढा केहि नहुने रहेछ । काठमाण्डौमा मेरो केटी साथि छ उ संग बस्न थालेको ५ बर्ष भइसक्यो तर पनि हामी लुकेर बसेका छौ । यदि सरकारले हाम्रो बिवाहको लागि पनि कानुनी मान्यता दिएको भय सायद म जस्ता लाखौ साथिहरुले खुलेर आफनो यौनिक्ता खुलाउदा हुन । 

हाम्रो यौनिक्ताको आधारमा कति बिभेद भोग्छौ यौनिक तथा लैंगिक अल्पसंख्यकहरु कति पिडा सहेर बसेका हुन्छन् । मेरो साथिहरुले कति पिडा भोगिरहेका हुन्छन । सम्झीदा पनि साह्रै मन दुख्छ तर म चाहेर पनि केहि गनै सक्दीन । टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न सक्ने अनि भन्न सक्ने अवस्थामा मेरो मन आज नभएको देख्दा आफै छक्क छु । खे के गरु, कसो गरु यसै त्यसै यो मन भौतारी रहेको छ । खै कैले यो मनले शान्ती पाउछ, सोचेर बस्नु भन्दा अरु केही बिक्लप छैन् मेरो लागी

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap