कला र मनोरंजनमितिनी समाचार स्पेशल

एलजीबीटीआई समुदाय र हरितालिका तिज

भाद्र, काठमाण्डौ । हिन्दुनारीहरुको विशेष अनि महान पर्व हरितालिका तिज नजिकीदै गर्दा मितिनी नेपाल संस्थाले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई एकै ठाउमा भेलागरी दर कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा मितिनी नेपालको संस्थापक एवंम अध्यक्ष लक्ष्मी घलान, नील हिरा समाजको अध्यक्ष पिंकी गुरुङ, विभिन्न कलेजको विद्यार्थीहरु, एलजीबीटीआई समुदायका सबै ब्यक्तिहरु र अन्य समुदायका ब्यक्तिहरुको समेत विशेष उपस्थिती रहेको थियो ।

 

तिज गितमा नाच्दै

प्रत्येक वर्ष भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तिज पर्व धार्मिक, सांस्कृतिक एवं सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । हिन्दू नारीहरूले शिवपार्वतीको कथाबाट प्रभावित भएर मनाउन थालेको तिजले आधुनिकतामा प्रवेश गर्दा अन्य समुदायमा समेत बिस्तारै प्रभाव पर्न थालेको देखिन्छ । केहीवर्ष अघिसम्म आर्यन र हिन्दू महिलाले मात्रै मनाउने तिज हिजोआज राजधानीका नेवार, गुरुङ, राई, लिम्बू र एलजीबीटीआई समुदायका व्यक्तिहरुले पनि मनाउन थालेका छन् ।

 

मितिनी नेपालको संस्थापक एवंम अध्यक्ष, लक्ष्मी घलान, दर खादै नाच्दै

असार–साउनको खेती लगाइसकेपछि विवाह भएर पराई घर गएका छोरीचेलीको थकान मेटाउन माइत जाने, मीठो मसिनो खाएर रमाइलो गर्ने अनि व्रत बस्ने परम्परा पनि रहिआएकोछ ।
नजिकीदै गरेको तिजलाई मध्यनजर गदै सम्पूर्ण एलजीबीटीआई समुदायका ब्यक्तिहरु एकै ठाउमा जम्मा भएर एक आपसमा खुसीका साथ मिठो मसिनो खाएर दरकार्यक्रम धुमधामका साथ मनाएका थिए । विभीन्न तिजको गितहरुमा नाचगान समेत उनीहरुले गरेका थिए ।

दरमा आफ्नो गच्च अनुसारले मिठो मिठो परिकार पकाएर खानुका साथै आफ्नो संस्कृतीलाई जोगाउदै तिजको गितमा नाचगान गरेर, दर खायर सबै दुःखलाई एकैछिन भएपनि भुलेर हातमा हात मिलाउदै खुसीका साथ उक्त दिनलाई मनाएको कुरा घलानले बताउनुभयो ।

 

मितिनी नेपालको प्राङगणमा तिज गितमा नाच्दै एलजीबीटीआई समुदायका ब्यक्तिहरु

Show More

संबन्धित समाचार

यो पनि पढ्नुहोस्

Close
Back to top button
Close
Share via
Copy link
Powered by Social Snap