आत्मकथाप्रदेश ७

घर परिवार र समाजबाट निकालिएका समलिङ्गी जोडीको प्रेमकथा

मेरो नाम चादनी कार्की हो । मेरो जन्मस्थान महेन्द्रनगर कञ्चनपुर तिल्केनी भन्ने ठाउमा २०५६ साल जेष्ठ ४ गते बुवा खड्क सिंह कार्की र आमा मञ्जुदेवी कार्कीको कोखबाट दोस्रो सन्तानको रुपमा मेरो जन्म भएको थियो । घरमा दिदी, भाइ, बुवा, आमा र म गरी हाम्रो ५ जनाको परिवार रहेको छ ।
मध्यम परिवार खासै धेरै उच्च आम्दानीको स्रोत भएको परिवार होइन । सामान्य तरिकाले दिनचर्या चल्ने गरेको थियो । बुवा एक जनाको कमाइले जेनतेन हाम्रो परिवार चल्दै गएको थियो । खासैकुनै ठूलो सपना पनि थिएन हामीमा यसरीनै दिनहरु बित्दै गएको थियो ।

उमेर बढ्दै गएको थियो दिन दिनै अरु साथीभाई सरह खाने खेल्ने अनि पढ्ने गदै जादा दिन दिनै समय संगै म मा पनि परिवर्तन आउदै जान थाल्यो । म अरु भन्दा भिन्न हुदै गए । सोच्न अनि कल्पनामा डुब्न पुगे के गरे ? के भयो ? आफैले आफैमा प्रश्न गर्न थाल्ये मैले म अरु केटी सरह नभएर फरक हुदै गए । 

मैले लगाउने लुगा केटीको भन्दा फरक भयो मलाई पेन्ट सर्ट मात्र लगाउन मन लाग्न थाल्यो सबैले मलाई जिस्काउन थाले केटी भएर सदावहार केटाको लुगा लगाउने, आखामा गाजल, ओठमा लिबिस्टीक नलगाएको देखेर सबैले मलाई यो केटा हो ? हिजडा ? छक्का हो ? भनेर सबैले गाली गलोजका साथै अपशब्द प्रयोग गर्न थाले । यही कारणले म आफ्नो आफन्तकोमा गएर बस्थे आफु बसेको घर अनि समाज बाहीर बस्न थाले । मलाई आफ्नो घरवरिपरी हिडडुल गरेको देखेर म छरछिमेकीको हासोको पात्र, अनि म उनीहरुको सामु खेलौना जस्तो हुन्थे ।

यतिबैला मलाई रुन मन लाग्थ्यो । आफुलाई आफैमाथी लाज लाग्थयो । म आफैमाथी आफैले प्रश्न गर्ने अवस्थामा पुगेको बेलामा झन छरछिमेकीले यो के भयो ? कस्तो भयो ? भन्ने प्रश्नले मलाई दिनदिनै खादै गयो । मलाई कसैसंग बोल्न अनि संगै बस्न मन लाग्दैन थियो एक्लै बस्थे । एकोहोरो टोलायर के गर्ने ? कसो गर्ने ? कसलाई गएर भन्ने इत्यादी कुराहरुले मलाई पिरोल्दै गयो । सर्ट पाइन्ट लगायर केटा जस्तो भएर स्कुल पढ्न जादा साथीभाई सबैजनाको लागी म हासोको पात्र बन्न पुग्थे संगै साथीभाई संग बेन्चीमा बस्दा समेत मलाई के कसो इत्यादी कुराको घोचपेच हुन्थ्यो र म निरास भएर घर फर्किन्थे । यस्तै यस्तै गरी मेरो दिनचर्या चल्दै गएको थियो ।

केटी संग मात्र बोल्न अनि हिडडुल गर्न मन लाग्ने मलाई आफ्नो पहिरन भने केटाको जस्तो हुदा अरुलाई असजिलो लाग्थो । र जब मैले म आफु लेसवेन हु भन्ने कुरा थाहा पाए म माथी हेर्ने सबैको हेराई नकारात्मक बन्दै गयो र मलाई हरेक क्षेत्रमा काम गर्दा भनु या पढन जादा म माथी सबैले नकारात्मक तरिकाले हेरीदिनाले मेरो दिन गारो बन्दै गयो । म दिनरात सोच्दै गए मैले के पाप गरे र समाजले अनि घर परिवारले मलाई नकारात्मक दृष्ट्रिकोणले हेर्दछ । म मा पढ्ने उर्जा हराउदै गयो । मेरो ध्यान पढाइबाट हट्दै गयो मैले चाहेर पनि मेरो पुरै ध्यान पढाइमा लगाउन सकिन जसकारण म सबै कुराबाट पछाडि धकेलिन बाध्य भए ।

यही समस्याहरुको कारणले टाढा भाग्नको लागी एकदिन बुटवल गएको थिए । त्यहा आफ्नो साथि पनि काम गर्ने कुरा थाहा पाए र मैले मलाइ पनि काम लगाइदैउ भन्ने कुरा गरे उसले मलाई काम गर्ने वातावरण मिलाइदियो र म जगदम्बा चाउचाउ फ्याक्ट्रीमा काम गर्न थाल्ये । त्यसै क्रममा मेरो एकजना केटी साथीसंग चिनजान भयो । उनी संगसंगै त्यहा काम गर्दा गदै म मायामा परे र हामी दुई एक अर्कालाई माया गर्न थाल्यो । हामी मायामा एक अर्काको भावना अनि हरेक कुराहरु, समस्याहरु साटासाट गर्न थाल्यौ । जसबाट मलाई एक्लो महशुसमा कमी भयो जबकी उनको आगमन भयो मेरो जिन्दगीमा मलाई संसारले घृणा गरेपनि माया गर्ने मान्छेको साथ पाएकोमा म सबै कुरा बिर्सेर उनीमा डुब्थे ।

उनी क्रिस्चेन धर्म मान्थीन म भने हिन्दु धर्म मान्थे हामीमा केही समस्या थिएन तर परिवारमा हाम्रो धर्मको कारणले थप समस्या हामीमा आइलाग्यो । के गरम ? कसो गरुम ? इत्यादी समस्या भइरहेको बेलामा सहयोग गर्ने कोहीपनि थिएन म पागल जस्तो एक्लै रुने अनि कराउने गर्न लागे ।
उनको परियार परिवारमा जन्म भएको थियो । हाम्रो परिवार समाजमा अझैपनि जातमाथी गरिने विभेदबाट म अछुतो हुन सकीन । परिवारले हामी दुबैलाई घृणा गर्न थाले र एकदिन मैले आफु बसेको घर छोड्ने निर्णय गरे र मैले काठमाण्डौ जाने निर्णय गरे र म काठमाण्डौ आए ।

त्यहा आएपछि मैले थाहा पाए काठमाण्डौमा हामी जस्तो यौनिक तथा लैङिक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको लागी काम गर्ने संस्था छ भन्ने कुरा थाहा भयो र मैले संस्थाको अध्यक्ष घलान दाइ लाई सम्पर्क गरे र उहाले मलाई भेट्नु भयो । मैले सबै मेरो समस्याहरु बताए र उहाले मलाई संस्थामा ल्याउनु भयो म जस्तो अरु साथीहरु संग चिनजान गराउनुभयो जसबाट मलाई आफु लेसवेन भएकोमा घृणा होइन गर्व महशुस हुन गयो । आफ्नो पहिचान समाजले के भन्छ भनेर लुकाउन आवश्यक रहेनछ भन्ने थाहा भयो । हाल म मितिनी नेपाल संस्थामा आफु जस्तो समाजबाट टाढिएर अनि अपहेलीत भएर बसेका आफुजस्तो ब्यक्तीहरुको लागी सहकार्यमा जनचेतना जगाउदै सकारात्मक सोचको साथ अगाडी बढ्नु पर्ने आवश्यकता रहेको कुरा बताउदै हिडुदै छु र मेरो निरन्तरता सदा म जस्तो मेरो साथीहरुको लागी साथ र सहयोग रहनेछ । अहिले आफै एउटा सानो कोठा लिएर बसेको छु म मेरो समुदायको अधिकारको लागि लडिरहेको छु । अब आउने नया पिढीले म जस्तो घर अनि समाजको हासोको पात्र नबनुम मैले जस्तो हिंसाको समस्याहरु झेल्न नपरोस भनेर म अगाडी बढ्दै छु । 

समलिङ्गी सम्बन्धलाई मान्यता दिनको लागि सरकारलाई निरन्तर दबाब दिईरहेका छौ । एक दिन सफल हुनेनै छौ । मेरो जिन्दगीको एउटा लक्ष्य छ मेरो समुदाएको हक अधिकारको लागि लडने धेरै काम गर्नु छ । म खुलेरै भन्छु म लेसवेन भएपनि कुनै समस्या हुदैन मेरो अधिकार माग्नलाई थाहा छैन कुन दिन सफल हुने छु । कुनै एक दिन मेरो लागि बिशेष दिनहुने छ । त्यो दिन म मात्रै होईन म जस्तो लाखौ लाख मेरो समुदायले अधिकार पाउने छन । आज भोलि मितिनी नेपालमा काम गर्छु । निक्कै रमाइला छन हिजो आजका दिनहरु खुसि लाग्छ आफनो समुदायको लागि काम गर्न पाउदा अझै वास्तवमा खुसी त्यस दिन हुनेछु जुन दिन हामीले अरु नागरीक सरह समान र सहजताको साथ बाच्न पाउछौ .

Show More

संबन्धित समाचार

यो पनि पढ्नुहोस्

Close
Back to top button
Close
Share via
Copy link
Powered by Social Snap