प्रदेश ३मितिनी समाचार स्पेशलविचारशिक्षासमाचारस्वास्थ्य

ट्रान्सम्यानमा गर्भ सम्भव छ । जन्मजातनै योनी लिएर जन्मेका हुन्छन ।

मे २८ मा मर्यादित महिनावरी अर्थात मिन्सुरेसन हाइजेनीक दिन भनेर मनाउदै आएको पाइन्छ । उक्त दिनमा कुनै कार्यक्रम गर्न कोभिड १९ को कारणले नपाएपनि यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले एक आपसमा आफ्ना भोगाइका साथै कुराकानीबाट उक्त दिनलाई बिशेष रुपमा आफ्ना भनाइहरु ब्यक्त गरेका थिए ।

विशेषगरी एलजीबीटीआई समुदायका ब्यक्तिहरुलाई महिनावारीको बारेमा विभीन्न खाले चोटीलो प्रश्न सोध्ने गरीन्छ जसकारण उनीहरुको मानसिकतामा समेत असर पदै आएको देखीन्छ ? उनीहरुलाई हासाकोे पात्रको रुपमा लिने गरिन्छ ।

बच्चा कसरी जन्मन्छ ? एलजीबीटीआई समुदायका ब्यक्तिहरुबीच शारीरिक सम्बन्ध कसरी हुन्छ ? लगायतका समाजले दिने गरेको पेचीलो प्रश्नहरु हिजोको दिनमा त समाजले तेर्सायो तेर्सायो आजको दिनमा समेत यस्तै खाले अप्राकृतिक मानव निर्मीत प्रश्नहरुले उनिहरुलाई घोच्दै आएको कुरा ब्यक्त गर्नुहुन्छ मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलान ।

समलिंगी महिला, वाइसेक्सुवल महिला र ट्रान्सम्यानहरु जन्मदा योनी लिएर जन्मीएका हुन्छन । उनीहरु पनि प्रत्येक महिना महिनावारी हुने गर्दछन । यौनिकता र लैङिगकताको आधारमा विभेद गर्न पाइदैन । विशेष गरी ट्रान्सम्यानहरु महिनावारी हुदैन ? के हुन्छ ? इत्यादी कुराहरु यस समुदायका ब्यक्तिहरुमा आइलाग्ने प्रश्न हो । उनीहरु जन्मीदा योनी लिएर आएका हुन्छन उनीहरु पनि अरु महिलाहरु सरह महिनावारी हुन्छन । यो प्राकृतिक कुरा हो ।

यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको बारेमा पूर्ण रुपमा मानिसहरुलाई जानकारी नहुदा उनीहरुको प्रजनन स्वास्थ्य को बारेमा जानकारी हुदैन । टान्सम्यान महिनावारी हुन्छन । उनीहरुमा गर्भाशय हुन्छ अरु महिलाको तुलनामा उनीहरुको जन्मदा योनी लिएर जन्मेपनि हुर्कदै जादा आफ्नो इक्छा, चाहाना र लैङिंक प्रस्तुती पुरुषको जस्तै हुने हुदा उनीहरुले आफुलाई ट्रान्सम्यान भन्ने गर्छन ।

यौनिक तथा लैङिंक अल्पसङख्यक समुदायका ब्यक्तिहरुले प्रत्येक वर्ष यो महिनावारी दिवस मनाउदै गर्दा समाजमा यो धारणा छ की महिनावारी भनेको महिला मात्र हुन्छन भन्ने तर अब यो धारणालाई परिर्वतन गर्न एकदम जरुरी देखीन्छ र पुरुष पनि महिनावारी हुन्छन भनेर टान्सम्यानहरुको महिना पिच्छेको महिनावारीको बारेमा मानिसहरुलाई थाहा नहुदा उनीहरुले धेरैनै सङघर्ष गदै आउनुपरेको छ ।

महिनावारी हुदा सेनेटरी प्याड किन्न जादा मानिसहरुले गर्ने ब्यवहारको कारणले गर्दा अप्ठ्यारो हुने कुरा ब्यक्त गर्दछन् । यौनिक तथा लैङिंगक अप्पसङख्यक समुदायका ट्रान्सम्यान चादनी कार्की ट्रान्सम्यानले गर्दा अप्ठयारो हुने कुरा ब्यक्त गर्दछन् । समाजमा रहेका कति सामाजिक अभियान्ताहरुलाई नै ट्रान्सम्यानहरु महिनावारी हुन्छन भन्ने थाहा नहुनाले पनि उनीहरुको महिनावारीको कुराहरु उठ्ने गरेको पाइदैन ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap