आत्मकथा

धर्मले पाप भनेपछि समलिंगी जोडीले गरे यस्तो निर्णय

मेरो नाम स्वस्तिका परियार हो । २०५७ साल जेष्ठ ६ गते स्याङजा जिल्लामा बुवा बुद्धीमान परियार र आमा मनरुपा परियार को कोखबाट मेरो जन्म भएको थियो । म परिवारको साइली छोरी थिए । हाम्रो परिवार सामान्य नै थियो । आम्दानीको श्रोत बैदेशीक रोजगारी थियो । बाबाको बसाइ विदेश, उहाले कमाएर पठाउनु भएको पैसाले घरको चुलो बल्ने गर्दथ्यो । बाबा, ममी, ५ जना दिदी बहिनी र १ जना भाइ गरी हाम्रो ८ जनाको परिवार रहेको थियो । परिवारको सबै भार उहा मानै थियो । जेनतेन हाम्रो दैनिकी चल्ने गर्दथ्यो । 

परिवार भन्दा म केही भिन्न थिए । पढ्नु पर्छ, केही गर्नुपर्छ भन्ने सोचका साथ अगाडी बढने गर्दथे । सानै देखि शालिन स्वभावकी म खासै चकचके थिइन । सबैसंग मिलनसार भएर बस्ने घुलमिल गर्ने स्वभावकी थिए । घर नजिकै रहेको श्री धुव्र ज्योती माध्यमिक विद्यालय बाट एसएलसी दिएको थिए र ११ पनि त्यही भर्ना गरी आफ्नो पढाइलाई अगाडी बढाउदै गएको थिए । केटा साथी खासै थिएन मेरो प्राय केटी संगै बोल्ने, घुम्ने र हिड्नेमात्र बानी थियो । धेरै बोल्न मन नपराउने अलि फरक खालको थिए । पढाइ राम्रो नै थियो । साथीहरुसंग राम्रो सम्बन्ध हुन्थो । सबै जनासंग मिलनसार भएकोले सबैको प्यारी थिए म । 

नृत्यमा चासो राख्ने म केही कार्यक्रम हुने बितीकै भाग लिएर आफ्नो कला प्रस्तुत गरिहाल्थे र सानोतिनो उपहार हातमा लिएर मात्र फर्कन्थे । एकदिनको कुरा हो, पारिवारीक समस्याको कारणले हामीले आफुबसेको घर अकस्मात छोडेर अन्यन्त बसाइ सरनुपर्ने बाध्यता आइलाग्यो । त्यसदिन बज्रपात भएजस्तै भयो । हामी सबैको जिन्दगीमा उथलपुथल भयो । यसको प्रत्यक्ष असर मेरो पढाइमा पनि परयो । कसरी अगाडी बढ्ने के गर्ने भन्ने विषयमा म मा अन्यौलता थियो । 

बुटवल जस्तो नया ठाउ के गर्ने ? कसलाई गएर सहयोग माग्ने केही थाहा थिएन । बिस्तारै दिनहरु बित्दै गयो र सङघर्ष गदै गर्दा एउटा सानो कोठा खोजेम र सपरिवार बस्न थालेम । ठाउमा पुन संघर्ष हाम्रो चलिने रहेको थियो । सबै समस्या समाधानकै लागी भएपनी हामीले पूर्ण रुपमा नभएपनि धेरथोरै घरको समस्या टार्नको लागीे काम गर्ने निर्णय गरयौ । 

दिदी र मैले त्यही नजीकैको चाउचाउ फयाक्टीमा मामाको सहयोगले काम गर्न थाल्यौ जसबाट परिवारमा पूर्ण रुपमा नभए पनि केही मात्रामा सहयोग हुन पुग्यो ।
कामको सिलसिलामा एकजना केटी साथी संग चिनजान भयो । खासै कोहीसंग त्यती नबोल्ने म अचानक उनको हरेक कुराहरु राम्रो लाग्न थाल्यो । हामी संगै काम गरथ्यौ । उनी हिन्दु धर्मकी थिइन म भने क्रिस्चेन धर्म मान्थे । हाम्रो धर्म एक नभएपनि कुरा र बिचार भने दुबैको मिल्थ्यो । हामी घण्टौ संगै फुर्सदमा दुःख अनि सुखका कुराहरु एक अर्कालाई साटासाट गरथौ । 

                                               स्वस्तिका परियार र चादनी कार्की, लेसवेयन

एकदिनको कुरा हो उनले मलाई प्रेम प्रस्ताव राखे । म छागाबाट खसे जस्तै भए कि केटीले केटीसंग प्रस्ताव राखेको देखेर । के गरेको होला? किन यस्तो सोचेको होला? म आफैले आफैलाइ के हो भनेर प्रश्न गर्ने अवश्थामा पुगे ? केटासंग मेरो कुरा हुदा खासै सामिप्यता नपाउने मेरो मन, केटीको कुराले मलाई आकर्षित गराएको देखेर म छक्क हुनपुग्ये । मैले उनको बारेमा बुझे उनी लेसवेयन रहेछन् । आफु पनि लेसवेयन रहेछु भन्ने कुरा मैले त्यति बेला थाहा पाय । आफनो पहिचान थाहा भयो । मलाई बाच्न मन लागेन के भयो ? म के हुन पुग्य ? कसरी यस्तो भयो ? यस्तो कुराले मलाइ खादै गयो । 

आफ्नो कुरा कसैसंग भन्न अनि सोध्न सक्ने अवस्थामा थिइन र अन्यतमा मैले आत्महत्या गर्ने निर्णय गरे । मर्न हिडेको थिए तर मेरो साथीले थाहा पाए र सम्झाउन थाले जब मैले बुझे यो कुनै पाप होइन रहेछ मेरो धर्मले मलाई अन्धकारमा राखेको कुरा थाहा पाए र मैले चादनी जसले मलाई प्रेमप्रस्ताव राखेका थिए मैले उसको प्रेमप्रस्ताव स्विकार गरे । 

मलाई धेरै कुरा थाहा हुदै गयो तर मैले परिवारमा भन्न सकेको थिइन् । तर मन मनमा लेसवेन हु भनेर मलाई डर भन्दा नि गर्व लाग्दै गयो । हामी एक अर्काको मायामा डुब्न पुग्यौ । हामी दुइको दिनहरु राम्रो चल्दै गयो । अरु कसैको वास्ता लाग्दैन थियो । हामी मायामा संसार भुलेर बस्न पुग्यो ।
अचानक मेरो बारेमा घरमा थाहा भयो । के गरेको यस्तो ? केटी भएर केटी संग माया गर्ने ? हाम्रो धर्मले दिनैन भनेर म माथी एकदम मानसिक तनाव हुदै गयो जसबाट मैले बुटवल छाड्ने निर्णय गरे र मेरो यात्रा काठमाण्डौ तिर लाग्यो ।

म अन्यौलमा थिए । कहा जाने ? के गर्ने ? तर मलाई साथीले मितिनी नेपालको बारेमा बताय म जस्तो यौनिक तथा लैगिंक अल्पसङख्यक समुदायको ब्यक्तिहरुको लागी काम गर्ने संस्था जसले हामीलाई सहयोग गर्ने कुरा थाहा पाए हामी त्यहा गयौ ।

मितिनी नेपालमा आएर आफ्नो सबै समस्याहरु ब्यक्त गरे र मितिनी नेपालको अध्यक्ष लक्ष्मी घलानले हामीलाई सहयोग गर्नुभयो र सबैकुरा सम्झाइ बुझाउनु भयो । मैले म जस्तै अन्य यसै समुदायका अरुलाई भेटे जसबाट म मा थप हिम्मत अनि हौसला प्रदान भयो । हाल म मितिनी नेपालमा हामी जस्तै लेसवेनहरुको हक अधिकारको लागी काम गदै आएको छु । आगामी दिनमा यसरीनै अगाडी बढ्नेछु । 

मेरो जिवनको पुनः जन्म मेरो पहिचानले गराएको छ । अब मेरो जिवनको सङघर्ष र नया यात्रा मितिनी नेपालबाट शुरु भएको छ । आगामी दिनमा म जस्तै कोही पनि आफ्नो धर्मको कारणले आत्महत्या गर्ने जस्तो निर्णमा नपुगोस । यो कुनै पाप होइन ? नत बनायर बन्ने कुरा हो ? जन्मसिद्ध हुने कुरालाई हाम्रो समाज, परिवार र धर्मले किन पाप भनेर उल्लेख गदै छ । अब हामीले डटेर समाजमा भ्रम फैलाउनेको बिरुद्धमा सङघर्ष गर्नु पर्नेछ । हरेक क्षेत्रमा समानताको माग सरकार संग गर्दछु ।

आफ्नो पढाइलाइ निरन्तरता दिदै अगाडी बढ्नेछु । आफ्नो घर परिवारले सहज स्विकारुन । नकारात्मक तरिकाले हेर्ने अनि बुझने नगर्नुहोला । यो कुनै पाप होइन । जन्मजात हुने कुरा हो । त्यसैले आगामी दिनमा अरु समलिंगीहरको बारेमा काम गदै अगाडी बढ्नेछु । घर परिवारले मलाई बुझेर एकदिन अवश्य स्विकारनु हुन्छ भन्ने सकारात्मक आशामा बसेर अगाडी बढ्दै छु 

 

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap