आत्मकथादेशविचारशिक्षासमाचार

परिवारको सोचाई भन्दा फरक सन्तानको जन्म हुदा भोगीएका भोगाइहरु

काठमाण्डौको जैसिदेवीमा २०५६ सालमा बिस्मीताको जन्म परिवारको कान्छो सन्तानको रुपमा भएको थियो । लगभग दुई वर्ष पछि उनी काठमाण्डौबाट मकवानपुर आफ्नो परिवार सहित बसोबासका लागी गएका थिए । उनको परिवारमा दाई, दिदी र उनी थिए । केटा र केटी समान ठान्ने उनीमा सानैदेखी साथी बनाउन निकै सिपालु प्रवृतीका थिए । परिवारमा पनि कुनै प्रतिबन्ध उनीमा थिएन । किनकी परिवारले केटा र केटी साथी बिचको सम्बन्धलाई समान तरिकाले एउटै सकारात्मक सोचाई एवंम हेराई राख्नेमा उनको परिवार पनि एक थियो ।

सानो उमेरमा साथी भाई जम्मा भई भाडाकुटी खेल्ने, लुकामारी खेल्ने हामी एकदम गर्दथ्यौ । त्यस क्रममा भने म अरु भन्दा भिन्न स्वभावको थिए । मलाई खेल खेल्दा होस जे सुकै गर्दा होस । बेहुली भन्दा बेहुला बन्न पाउदा म एकदम खुशीले गदगद हुने गर्दथ्थे । साथीभाई मलाई देखेर छक्क पर्ने गर्दथ्थे । जसरी मेरो स्वभावहरुको विकास भईरहेको थियो । मेरो हरेक कुराहरु, बानी व्यवहारमा पनि परिवर्तन भईरहेको देखेर सबैजना आश्चर्यममा पनि निकै रहेको थियो । स्कुल भर्ना भए । सबैजनाले घागर लाउदा मेरो रोजाई भनेको सर्ट पाइन्ट रहन्थो । म यसमा एकदम आफुलाई खुसी ठान्थे । आफुले आफुलाई कहिले काही प्रश्न समेत गर्ने गर्दथ्थे । के भयो । कसरी ममा यस्तो परिर्वतन आयो ? मलाई के हुदैछ ? यस्ता कुराहरुले मेरो मनमा एकदम काउकुती लगाउने गर्दथ्यो । म सोचमा पुग्दथे । सधै प्रश्न गर्थे । उत्तरको प्रतिक्षामा रहन्थे ।

१४ बर्षको उमेरमा मैले आफ्नो यौनिकता थाहा पाए । मैले आफनो कुराहरु भन्नु पर्दा केटा साथीहरुलाई नै भन्ने गर्थे । उनीहरुलाई आफ्नो कुराहरु बताउन पाउदा मलाई कुनै प्रकारको दुविधा मेरो मनमा कहिले पनि उत्पन्न हुदैन थियो । अकस्मात बाबाको निधन भयो । मेरो संसारबाट सबैकुराहरु खोसीए जस्तो भयो । म एकदम आफुले आफुलाई एक्लो ठान्थे । बाबाको कमाइले हाम्रो परिवार अघि बढीरहेको थियो । त्यसपछिका दिनहरु हाम्रो लागी सहज भएन । निकै सङघर्ष गरेर आमाले हाम्रो लागी काम गर्नु परयो । उहाले निकै द्ुःख गरेर हामीलाई हुर्काउने अनि पढाउने गर्न थाल्नुभयो । सजिलो थिएन हाम्रा लागी आगामी दिनहरु तर पनि जेनतेन चलिरहेको थियो हाम्रो परिवार ।

दिनहरु बित्दै गयो । अध्यन्न गर्ने क्रममा मेरोे थुप्रै केटी साथिहरु थिए । तर म आफु किन यस्तो भएको होला भन्ने लाग्थ्यो । केटी भएर केटा संग नजिक हुनु पर्नेमा म मा ठिक विपरीत थियो । एकजनासंग म नजिक बन्दै गए । संगै घुम्ने खाने, जहा जादा पनि हामी संगै जान थाल्यौ । बिस्तारै दिनहरु बित्दै जादा हामी दुबै एक अर्काको नजिक हुदै जान थाल्यौ । थाहा नपाइक नै हामी दुबै एक अर्काबिना बस्न नसक्ने भएछौ । दिनदिनै हाम्रो माया एकदम गहिरो बन्दै गयो । परिवारलाई मैले आफ्नो सम्बन्धको बारेमा बताउदा स्विकार गर्नृु भएन । म एकदम तनावमा थिए त्यस समयमा के गर्ने कसो गर्ने एकदम अन्यौलता थियो म मा । र अन्तत मैले उसैसंग बस्ने निर्णय गरे र हामीदुई घर छोडेर काठमाण्डौ हिड्यौ ।


काठमाण्डौ आएपछिका दिनहरुमा छुटै सङघर्ष थियो । मेरा लागी कुनै कुराहरु सहज बन्न सकेन । कसरी आफ्नो लागी अगाडी बढ्ने के गर्ने एकदम भयावह अवस्था बन्दै गयो । जब साथीहरुको सहयोगमा मितिनी नेपालको बारेमा थाहा पाए । हामीहरुको हक—अधिकारको लागी उन्नाइस बिस वर्ष देखी पैरवी गदै आएको संस्थाको छत्रछायामा पुग्न पाउदा आफुलाई एकदम गौरवान्तीत महशुस गर्न पाए मैले । म एकदम खुसी भए त्यस समयमा । आफ्नो बारेमा सबै कुराहरु बताए । आफ्नो यौनीकताको बारेमा खुलेर सबैकुराहरु सुनाउन पाउदा मेरा आखा रसाएका थिए । आफ्नो अधिकारको लागी बोलीदिने हाम्रो लागी गरिदिने ठाउ भेट्दा निकै खुसी छु म । त्यस पछाडी मैले आफनो नाम जन्मदा आमा बाबाले राखी दिनुभएको बिस्मिता बाट बिश्वल मा परिवर्तन गरे । मितिनी नेपाल संस्थामा आजका दिनहरुमा जोडीएर कामहरु गदै आफुले आफुलाई अगाडी बढाउदै गइरहेको छु ।

आजका दिनहरु बास्तवमा भन्नु पर्दा म जस्तै व्यक्तिहरुको हक अधिकारको लागी काम गदै बिताइरहेको छु । यौनिक तथा लैङिंक अल्पसङख्यक समुदायका ब्यक्तिहरुलार्ई घृर्णाको दुष्टिकोणले होईन मायाको सकारात्मक हेराईको आवश्यकता रहेको छ हामी पनि आमा बाबाको सम्बन्ध बाट नै यस धर्तिमा जन्मिएका सन्तान हौ, हामीलाई भिन्न नठान्नु होला जो कोहीले पनि । समाजमा रहेका सबै व्यक्तिहरुले हामीलाई सकारात्मक दुष्टिकोणले हेरेको दिन भनु या हामीलाई आफ्नै परिवारले स्विकारेका दिन म जस्तै अरु ब्यक्तिहरु आफ्नो यौनिकताको कारणले घर छोड्न बाध्य हुदैनन आगामी दिनहरुमा । यौनिकताको कारणले कसैले पनि आफ्नो जिवनमा भौतारीन नपरोस अब आउदा दिनहरुमा ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap