पहिचान भिन्न हुनु के पाप हो? कहिले सम्म हरेक क्षेत्रबाट बञ्चित रहने एलजिबिटिआइक्यु?

मेरो नाम आरशु श्रेष्ठ हो । बुवा अजय श्रेष्ठ र आमा गिता श्रेष्ठको कोखबाट २०५७ साल असार २२ गते काठमाण्डौको वागेश्वरी भन्ने ठाउमा मेरो जन्म भएको हो । बुवा, ममी, दिदी, भाई र म गरी हाम्रो ५ जनाको परिवार थियो । हामी मध्यम परिवारको जिवन निर्वाह राम्रो संगनै चल्ने गर्दथ्यो । सामन्य नोकरी जसबाट हामी सबैको गासबासको जोह गर्ने काम हुन्थ्यो । खुसी र सुखी परिवारनै थियो ।
महिला भएर जन्मीएको थिए तर हुर्कीदै बढ्दै जादा मेरो स्वभाव, कपडा लगाउने तरीका, हिड्ने, बोल्ने सबै आम महिलामा भन्दा फरक हुन पुग्यो । स्वभाव महिलाको जस्तो नभएर पुरुषको जस्तो मलाइ महशुस हुन्थ्यो । आफुलाई पुरुष जस्तो महशुस गर्थे । सबै कुरामा मैले फरकपना पाउथे । पुरुषले गर्न सक्ने सबै काम गर्ने आट म मा हुने गर्दथ्यो । केटा साथी मात्र हुन्थे । पविारमा मेरो ब्यवहारले समस्या हुदैजान लाग्यो । समाज, परिवारले केटा भएर केटा संग मात्र बोल्ने अनि घुम्ने र केटी भएर केटी संग मात्र घुम्ने हिन्ने गुर्नपर्छ भन्ने एउटा छाप हामीमा दिएको थियो ।
यौनिकताको आधारमा के गर्ने, के नगर्ने भन्ने कुराको प्रत्यक्ष असर हामी जो कोहीमा पनि रहन्थो र म पनि यसबाट अछुतो भने हुन सकिन । उमेर बढ्दै जाने क्रममा मेरो यौन झुकावमा परिवर्तन हुदै जान थाल्यो । म आफु महिला भएर महिलासंग मात्र आकर्षित हुन्थे तर मेरो लवाई भने आम पुरुष जस्तो थियो । म के हो ? कस्तो हो ? यावत कुराको खासै जानकारी म मा थिएन तर समाजले भने मलाई तेस्रोलिंगीको पहिचान दियो ।
घर परिवारले समेत मलाई यसै नजरले हेर्ने गर्दथ्थे । एकदम रुने, कराउने गरथे । के गर्ने ? कसो गर्ने भन्ने कुराले मलाई पिरोल्न थाल्यो । मलाई सहयोग गर्ने, हौसला दिने कोही थिएन । कहा जाने, के गर्ने अन्यौलता थियो । जसबाट म दिनानुदिन डिप्रेसनको शिकार हुदै जान थाल्य ।
थाइल्याण्ड मुभी हेर्नमा मेरो एकदम सौख थियो यहि मुभि हेरने बेलामा मैले आफु ट्रान्सम्यान हो भनेर थाहा पाय । मलाई एकदम गारो भयो । सबैजनाको नजरमा म राम्रो मान्छे थिइन तर झन यो कुरा थाहा हुदा के भन्ने कुराले पिरोल्दै जान्थो । म दिन दिनै शिकार हुदै गए । ५ कक्षा बाट डिप्रेसनको शिकार भएकोले पढ्न सकिन ।
स्कुलमा कपडा लगाउने क्रममा केटाको लुगा लगायो भनेर कक्षा ७ मा, म माथि कुटपिट स्कुलमा भयो । केटी भएर केटीको लुगा लगा अनि हाम्रो स्कुलले बनायको नियम भङग गर्ने काम नगर भनेर म माथि दबाब हुदै जान थाल्यो । म सक्दिन लगाउन, पुरुषको मात्र लुगा लगाउछु भनेर कुरा गर्दा स्कुलको नियम तोडेको, अटेरी भनि मलाई गाली गलोज गरी स्कुलबाट पढ्न नपाउने गरी पास बनाएर सदाको लागी स्कुलको ढोका बन्द गरिदिए ।
आफ्नो यौनिकताको कारणले विभिन्न समस्या भोग्दै समस्यामा परेको आफु झन नया समस्या आउदा मैले आफुले आफुलाई समाल्न सकिन र डिप्रेसनको अवस्था झन बढ्दै गयो । केही गर्न सक्ने अवस्थामा थिइन । के गछु ? कसो गछु ? आफैलाई थाहा हुदैन थियो ।
कतिपट्क परिवारलाईनै मैले मार्न समेत तयार भएको रहेछु मलाई केही थाहा हुदैन थियो । यही डरको कारणले म परिवारबाट टाढा हुन पुग्ये । समाज परिवार सबैबाट टाढा बसेर आफ्नो जिवनलाई आफ्नै तरिकाले सङघर्ष गर्ने सोच बनाय र घर छोडेर हिने ।
साथीको घरमा बस्दै आय । आफ्नो पेट पाल्नको लागी जे काम भेटीन्छ मैले गर्न थाले । मलाई सहयोग गर्ने ? मेरो अवस्था बुझदीने कोही थिएन । म एक्लै रुने, कराउने, डराउने गर्न थालेछु । मलाई अन्धकार मात्र राम्रो लाग्न थाल्यो । सहज थिएन मेरा लागी ति दिनहरु कती रात खाली पेट पटुका कसेर सुत्थे । कसलाई गएर आफ्नो ब्यथा सुनाउ कतै सहयात्री हातहरु मेरा लागी थिएन । घर परिवार र समाजबाट निकालिएर एक्लो सङघर्ष मेरो जिवनका ति दिनहरु सम्झदा आजपनि आखा भरिएर आउछ । म सम्हाल्न सक्दिन आफैले आफैलाई ।
एक्लै बस्ने क्रममा म महिला हो भनेर थाहा पाउने ब्यक्तिहरुले म माथि बलात्कार गर्न खोज्थे । मैले धेरै पटक भागेर आफुलाई बचाउन सफल हुन्थे । जिवनको तिता पल समाजको नाममा जन्म लिएका ति ब्वासाहरु जसले भावना त परै जायोस मौकाको पर्खाइमा बसने गर्ने गर्दथ्थे । समाजमा हिडडुल गर्न अनि काम गर्न समेत मलाई गारो हुदै गयो । मलाई बाच्न गारो थियो । यि समस्याहरु दिनदिनै मेरो आखा अगाडी घुमीरहन्थो र जिन्दगी देखी हार खाएर एकदिन मैले आफ्नो जिन्दगी समाप्त गर्ने निर्णय गरे र आत्महत्या गर्न निस्कीय । तर दैवको लिला, दिन नआयसम्म काल आउदैन रे हो त्यही उखान जस्तै भयो मै माथी मर्न सकिन मलाई बचाउने मानिस जसले मलाई यस समाजमा पुनः सङघर्ष गर्न बाध्य बनायो ।
घटनाहरु दिन दिनै मेरो मानसपटलमा घुमीरहने गर्दथ्यो । एक्लै हिडडुल गर्न, काम गर्न जान डर लाग्ने गर्न थाल्यो । यस्ता कुराहरुले मलाई गाल्दै लग्यो र दिनदिनै डिप्रेसनमा जादैगए । धेरै बिरामी भएको कारणले परिवारले के भयो भनेर म बसेको साथीको घरमा आएर मलाई उपचार गर्न लग्नुभयो । डाक्टरले फरक फरक रोग भनेर बताउथे ।
समयमा सही उपचार हुन सकेन । हाम्रो आर्थिक अवस्था कमजोर भएकोले पनि सोचे जस्तो राम्रो उपचार हुन सकेन । यो सबै मेरो फरक यौनिकताको कारणले समाजले दिएको रोग थियो । मेरो यौनिकतामाथी डाक्टरले हासोको पात्र बनाइदिने, सम्वेदनशील अंगमाथी छुने गर्नाले मलाई झन असुरक्षा महशुस हुन्थ्यो । म सबैकुरा सहेर उपचार गराउन बिवश भय । कसलाई भन्नु मेरो कुरा सुनिदिने, बुझिदिने कोही थिएन म लाचार भएर बस्थे र आफ्नो उपचार गच्छे अनुसारले हुदै गयो ।
केही समयको हस्पिटलको बसाइपछि म मा केही सुधार महशुस भयो र डिस्चार्ज गरी घर लगियो तर मेरो यौनिकताको कारणले घरबाट आफन्तको घरमा लाने निर्णय परिवारले गरे र मलाई आफ्नो पहिचान लुकाएर पोखरामा बस भने र त्यही राखियो । सायद मेरो लागी परिवारको सही निर्णय थियो होला त्यो, त्यहाको हावापानी, रहनसहनले मेरो स्वास्थ्यमा केही मात्रामा भएपनि सुधार हुदैगयो ।
समाजलाई मेरो बारेमा थाहा नभएर होला मलाई त्यहा बस्न सहज हुदै गयो ।
आफ्नो स्वास्थ्यमा धेरैनै सुधार भएको थाहा पायपछि परिवारले मलाई पुनः काठमाण्डौ लेरजानु भयो । मलाई कसैले लगाइदिएको थियो अब ठिक भयो भन्ने मेरो परिवारको सोचाइमा थियो । मेरो मनको उकुसमुकुसलाई नियाल्ने अनि बुझिदिने कोही भएन । मलाई सहज थिएन गारो भएको छटपटी मनमा अनेक प्रकारका कुराहरुले प्रश्न गर्ने जसको उत्तर म संग हुदैन थियो । यसरी टोलाउदा टोलाउदै गर्दा फेरी म पुनः एक्लोपना शिकार भैसकेको रहेछु । के दिन के रात सबै मेरा लागी समान थिए यसरी नी लाचार, ज्युदो लाशसरी मेरो जिवन बित्दै थियो ।
दिनहरु बित्दै जादा एकदिन मेरो साथीको दिदीले मितिनी नेपालकोे बारेमा मलाई भने हामी जस्तो ब्यक्तिको समस्याको निराकरण हुन्छ भन्ने सुनेर एकदम खुसी लाग्यो । अब समस्याको समाधान हुने खुसीले त्यसदिन रातभर निन्द्रा लागेन कहिले भोली होला र जाउला जस्तो भयो । मनमा कुरा खेलाउदा खेलाउदै रातले डाडा काटेर बिहानको घाम झुल्की सकेछ ।
हतार हतार तयार भएर निस्कीय । आफुजस्तो अरु त्यहा धेरै देखे छक्क परे के रहेछ यस्तो भने सबैजना संग चिनजान भयो र मैले त्यहा आफ्नो यौनिकताको बारेमा पूर्ण रुपमा बुझने अवसर पाय र हामी जस्तो समाज र घरपरिवारबाट निकालिएका ब्यक्तिहरुको सुरक्षागर्ने, बस्ने ब्यवस्था गरिदिने, सिपमुलक तालिमहरु दिने गरेको देखेर मलाई अब दुःखका दिनहरु सकियको आभाष भयो र मैले आफ्नो पूर्ण रुपमा पहिचान थाहा पाउन सफल भय ।
सक्षम हुदै गए र आफ्नो परिवार समाजलाई आफ्नो यौनिकताको बारेमा बताउन सफल भए । समाजले स्विकार नगरेतापनि मेरो परिवारले त्यस दिन देखी मलाई स्विकारनु भयो । युद्ध जितेको भान भयो । त्यती बेला मलाई महशुस भयो दोष मेरै रहेछ । मैले समयमा बुझाउन सक्ने भएको भय म माथी विभीन्न समस्या आउने थिएन तर ढिलो भयो सकिएको थिएन बुझाउन, सम्झाउन सके म त्यतीमा सारै सन्तुष्ट भये । भोगेका सबै पिडाहरु बिर्सीय र परिवारको अंगालोमा संगै हातमा हात मिलाएर हिड्ने अवसर पायकोमा मलाई भोगेको दुःख केही लागेन र परिवार संग संगै खुसी संग एकै ठाउमा बस्न थाले ।
रमाइलो संगै दिनहरु बित्दै थिए । एकदिनको कुरा हो म साथीहरु संग घुम्नको लागी काठमाण्डौबाट धरान तिर लागे । लामो समयपछि आफ्नो मितजु संग भेटेर एकदम खुसी भए । हामी रातभर धेरै कुराहरु एक अर्कामा साटासाट गरेर बसेम । रात बितेको पत्ते भएन । सबेरै हामी दुबै इटरी घुम्न जाने सोच बनायम र हामी तरारा भन्ने ठाउतिर लागेम । त्यसै क्रममा मेरो भेट निलम संग भयो । हामी सबैजना संगै खाजा खायम र छुटीएम । भोलीपल्ट कामको लागी म झापा जानुपरयो र बिहान सबेरैको गाडीमा हिडे त्यहाको काम सकेर साझ पुनः म धरान फर्किय ।
निलम तराराको स्थानियवासी रहिछिन् । मेरो मितजुले उसलाई राम्रो संग चिन्नु भएको रहेछ । हाम्रो भेट पुन हुने अवसर जुरयो जसबाट मेरो मनमा कौतुहल्ता थियो । किनकीन उनीसंग भेटने भन्ने शब्दले नै मनमा एउटा छुटै आन्नदको आभाष पलाएको देखेर म आफै—आफै अचम्बीत हुन्थे । मलाई उनको बारेमा केही थाहा थिएन तरपनि हाम्रो भेट भने निरन्तर हुन थाल्यो । यहि निरन्तर भेटको असर भनु या अरु केही म उ प्रति आकर्षीत हुन पुग्ये । मलाई भन्न डर लागेको थियो । उसको बारेमा केही थाहा थिएन् । उनी बाइ सेक्सुवल भन्ने थाहा पाय र हिम्मत गरे उसलाई प्रेम प्रस्ताव राखे उनले स्विकारीन म खुसीले पागल जस्तो हुन लागे ।
हिजोको दिनमा सबैबाट टाढा बस्नु परेको म, आज जिन्दगीमा सबैको सहयोग, माया सबै पायकोमा खुसीको सिमानै थिएन मेरो । हाम्रो दिनहरु बित्दै गयको थियो । दुबै खुसी थिएम । रमाइलो संग समयहरु कट्दै थियो । निलमको परिवार संग कुरा गरे तर उहाको परिवारले समाजको डरले हामीलाई स्विकारनु भएन । तर हाम्रो सम्बन्धमा कुनै आपती थिएन उहाहरुलाई । मैले मेरो परिवारलाई पनि हाम्रो सम्बन्धको बारेमा भने आमालाई फोन गरी आमा मैले हजुरहरुलाई बुहारी ल्यादीयको छु भने आमा खुसीले पागल हुनुभयो । बुहारीलाई काठमाण्डौ लेरआउनु भन्नु भयो र हामी दुबै काठमाण्डौ लागेम ।
परिवारको सबैजना उसलाई देखेर खुसी हुनुभयो । उनी पनि खुसीने भइन । हामी दुबै खुसी संगै आफ्नो समय बिताउदै छौ । उनको परिवारले पनि एकदीन हामी दुबैलाई घर बोलाउने वातावरण मिलाउनु हुन्छ भन्ने सकारात्मक सोचका साथ मितिनीमै काम गदै आफु जस्तो नखुलेकाहरुको पहिचानको लागी तालीम र सकारात्मक शिक्षा समाज, परिवार र समुदायको हकहितमा काम गदै अगाडी बढीरहेका छौ ।
समाज, परिवार र आफूले हिजोको दिनमा आफ्नो यौनिकता पूर्ण रुपमा थाहा नपाउदा जति समस्या भोग्नु परेको थियो । अब आउने पिढीमा हदसम्म सहजता हुनेछ । म जस्तै सबैजना फरक यौनिकताको भएकोले ब्वासाहरुको शिकार बन्न नपरोस । समयमै सम्बीधत उच्च निकायमा बस्ने विभीन्न विधामा आवद्ध अधिकार कर्मीहरुले यस समुदायका ब्यक्तिहरुको सुरक्षाका लागी कानुनी रुपमा दरै तरीकाले आवाज उठाउन अब ढिला गरेमा कहिले सकिदैन् ।
संविधानको धारामा उल्लेख गरीएको शब्दहरुलाई वास्तवीक जिवनमा लागु गर्न सकेमा मात्र सरकार सफल हुन्छ । हरेक क्षेत्रमा एलजिबिटीआइक्युको लागी कोटा छुटाइएमा अगाडी बढ्नमा सहज हुन्छ । योग्यता भएर पनि प्रस्तुत गर्ने ठाउ नहुदा हाम्रो मृत्यु संगै आफु भित्रको अनगिन्ती क्षमताहरु जलेर खरानी नबनोस