मितिनी समाचार स्पेशलसमाचार

भर्चुअल बैठक सम्पन्न ‘एलजीबीटीआई’

भर्चुअल बैठक

३ जेठ, काठमाडौं ।  यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका व्यक्तिहरुको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले आज अनलाइन बैठक (भर्चुअल बैठक) सम्पन्न गरेको हो ।

उक्त बैठकमा एलजीबीटीआई समुदायका व्यक्तिहरु, विभीन्न क्षेत्रमा कार्यरत पत्रकारहरुको प्रमुख उपस्थितीमा अनलाइन बैठक सम्पन्न गरेको हो । कोरोना भाइरसको महाब्याधी फैलिएसंगै जनजीवन अत्यन्त असहज बनेको र लकडाउन जारी रहेकाले खुला रूपमा बृहत कार्यक्रम र भिडभाड गर्ने अवस्था नभएकाले मितिनी नेपालले अनलाइन मार्फत कार्यक्रम सम्पन्न गरेको हो ।

यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका व्यक्तिहरु यस माहामारीमा आफ्नो दैनिकी कामकाजी बन्द हुदा दैनीकी जोह गर्न गारो परेको अवस्थामा के कसरी सरकारी तहबाट राहतको प्याकेज उपल्ब्ध गराउन सकिन्छ एवंम समस्याको निराकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा बैठक गरिएको थियो ।

उक्त छलफलमा एलजीबीटीआई समुदायका ब्यक्तिहरुको स्वास्थ्य अवस्थाको बारेमा समेत चर्चा गरिएको थियो साथै आउदै गरेको मे १७ होमोफोयिबा डे यस विशम परिस्थीमा मनाउन नसकेपनि अनलाइन बैठकबाट सम्पन्न गरिने कुरा कार्यकारी निर्देशक सरिता केसीले जानकारी गराइन् ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap