धापाखेल, ललितपुर । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको हक अधिकारको लागी पैरवी गदै आएको संस्था मितिनी नेपाल द्धारा दुई दिने कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको मानसीक स्वास्थ्य सम्बन्धी परामर्श डा.करुणा कुवंर मनोविद् द्धारा दिइएको थियो । एक, तिन, पांच र सात प्रदेशका गरी तिस जना ब्यक्तिहरुको उपस्थित रहेको उक्त कार्यक्रम फाल्गुण ४ गते १० देखी ४ः३० सम्म धापाखेल स्थित टेवाको प्रांगणमा सम्पन्न भएको थियो ।

मानसिक स्वास्थ्य, यसका लक्षणहरु, डिप्रेशनका शिकार हुनुको कारणहरु इत्यादी विषयमा एक दिने तालिम दिइएको थियो । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरु के कती कारणले यसको शिकार हुन पुग्दछन । यसको निराकरण गर्न कसरी सम्भव छ भन्ने बारेमा मनोबीद् द्धारा एक दिने तालिम उपस्थित ब्यक्तिहरुलाई प्रदान गरिएको थियो ।

आफ्नो शरीरलाई कसरी सन्तुलनमा राख्न सकिन्छ । आफुलाई कसरी राम्रो र खुशी राख्न सकिन्छ ? विशेषगरी यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरु घर परिवार समाज र राज्यबाट समेत अवहेलीत हुदा आफुलाई कसरी निडरताका साथ राखेर आफ्नो हेरविचार गरेर आफ्नो लडाइमा कसरी अगाडी बड्न सकिन्छ भन्ने बारेमा अधिकारकर्मी, रीता थापा द्धारा फाल्गुण ५ गते बिहान १० देखी ४ः३० सम्म एक दिनको तालिम उपस्थितहरुमा प्रदान गरिएको थियो ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई कोभिड १९ ले के कस्तो असर परयो ? उनीहरुको मानसपटलमा यस कुराको असरले के कस्ता घटनाहरु निम्तीन बाध्य भयो इत्यादी विषयमा उक्त तालिममा छलफल गरिएको थियो । समस्याको समाधान र समस्याको बेलामा कसरी आफुलाई समालेर अगाडी बढ्न सकिन्छ भन्ने बारेमा समेत उपस्थित ब्यक्तिहरुलाई तालिम दिइएको थियो ।

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap