अन्तरबार्ता
Trending

मितिनी नेपालको अध्यक्ष लक्ष्मी घलान सँग गरिएको कुराकानी

कुनै व्यक्ति समलिङ्गी हो भनेर चिन्ने आधार के हो ?

झट्ट हेर्ने बितिकै जो कोहीले पनि गे र लेस्वियन छुट्टयाउन सक्दैन तर उसको हाउभाउ तथा एक आपसमा गर्ने ब्यवहारले थाहा पाउन सकिन्छ । एउटा केटा मान्छे र लेस्वियनले केटी मान्छेप्रति कस्तो ब्यवहार गरिरहेको छ गहिरिएर बुझेपछि मात्र अर्थात यौनिक व्यबहारबाट पहिचान छुट्टयाउन सकिन्छ । यसबाट हामीले सजिलै थाहा पाउन सक्दछौ की फरक के रहेछ भनेर । पहिचान छुट्टयाउन नसक्नेहरुले आजभोलि सोसियल साइटको प्रयोग गरेर आफ्नो परिचय दिन थालेका छन् ।

नेपालमा समलिङ्गी जोडिहरुको संख्या कति जती होला ?

यति नै त भन्ने छैन तर पनि सरदर ५,६ सयजति समलिङ्गी जोडी बनेर लिभिङ टुगेदार बसिरहेका छन् । पहिचान नखुलेकाहरु त लाखौको संख्यामा छन् । समलिङ्गीहरुलाई त समाजको विकृतिका रुपमा पनि लिइन्छ नि ! बुझाइको कमी हो । हाम्रो समुदायका बारेमा सबैले यथार्थ कुरा बुझन सकेका छैनन सरकारले पनि हामीलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न सकिरहेका छैन । कुनै पनि व्यक्ति आफुले चाहेर समलिङ्गी बन्दैन । यो त प्राकृतिक देन हो । यसलाई सबैले स्वीकार गर्नुपर्छ ।


समलिङ्गीहरुलाई सन्तानको चाहना हुदैन ?

नहुने भन्ने कुरै छैन तर सृष्टि चलाउन केटा र केटीबीच नै विवाह हुनुपर्छ भन्ने छैन । विभिन्न प्रविधिको सहायताले समलिङ्गीहरुको सेम्सले सन्तान उत्पादन नहुने भएकाले हामी टेस्टट्युब प्रयोग गर्न सक्छौ । त्यसका लागी आर्थिक व्यवस्थापनमा समस्या पर्ने मात्र हो । समलिङ्गीहरु पनि समाज चलाउन सक्षम छन् । मात्र कानुनी व्यवस्था आवश्यक छ ।

समलिङ्गी विवाह दिर्घकालीन हुन सक्छ ?

दीर्घकालीन त केटा र केटीको विवाह पनि हुन सकेको छैन । कतिपय यस्ता विवाह एक आपसमाा यौनिक विकर्षणका कारण टुटेका छन् । परिवार र समाजको दबाबका कारण कतिपय गे र लेस्वियनहरुको विवाह भएको छ तर उनीहरुको वैवाहीक जिवन सुखी हुन सकेको छैन ।

समलिङ्गीहरुले सरकारबाट के अपेक्षा गरेका छन ?

स्वतन्त्र रुपमा बाच्न पाउने र विवाह गर्न पाउने कानुनी व्यवस्था होस । समाजमा समलिङ्गीहरु पनि हुन्छन है भन्ने चेतना फैलाइयोस । लिभिङ टुगेदारलाई कानुनी व्यवस्थित बनाउनु पर्ने आवश्यक छ । राज्यले सबै अल्पसंख्यक समुदायप्रति समान व्यहार गर्नु आवश्यक छ ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap