देशप्रदेशप्रदेश १विचारशिक्षासमाचार

मितिनी नेपालको अध्यक्ष “लक्ष्मी घलान” को सहायतामा एक जोडीले क्वारेन्टाइनमा पाए सुरक्षीत स्थान ।

११ असार, काठमाण्डौं । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका एक जोडी बिगत केही समयदेखी झापामा एउटा सानो कोठा भाडामा लिएर बस्दै आइरहेका थिए । समाजीक संञ्जाल फेसबुक मार्फत प्रेममा परेका ति जोडी, अन्दाजी आठ महिनाको लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने निर्णय गरे र यही कार्तिक उन्नतीस गते उनीहरुले परिवारको स्विकृती बिनानै भनु या आफ्नौ फरक यौनिकताको कारणले परिवारले अस्विकार नगर्ने डरले उनिहरुले एक अर्काको राजीखुसीमा विवाह गरे । 

समाज र राज्यले त फरक यौनिकताको कारण विभेद अन्तय गर्न नसकेको यो समयमा परिवारको स्विकारयता जो कोहीमा सम्भव थिएन र सम्भव पनि छैन । पाँचथर निवासी कविता (काल्पनीक नाम) उनीसंगको प्रेम अनी विवाहको कारणले झाँपा निवासी कुमारले (काल्पनीक नाम) अन्तत आफ्नो प्रेमको कारणले परिवारबाट टाढानै बस्नु परयो । भनु या कुमार आफ्नो यौनिकता अनि परिवारले नस्विकारेका कारण बिगत तिन वर्षदेखी परिवारबाट टाढा बसोबास गदै आएका थिए ।
अचानक एकदिन कबिता माथी ठुलो बज्रपात आइलाग्यो ।

उनको ममीको खुट्टा भाँचिएको खबर आयो र उनी तुरुन्त आफ्नो ममीको घर पाँचथर जाने निर्णय गरीन । दुबैजना फाल्गुण छ गते हिडे । त्यसको केही समय पश्चातनै देशमा भाइरसको त्रास बढ्दै गयो । र सरकारबाट देश नेपालमा लकडाउनको घोषणा भयो उनी दुई त्यही फसे । देश यसरी कोभिड १९ को महामारी संग जुधीरहेको समयमा मनमा विभीन्न खाले भए मानिसमा थियो । के हुन्छ ? कसो हुन्छ ? उनी दुइमा पनि भयत्रास थियो नै । 

अचानक फोनको घण्टी बज्छ । फोन उठाउँदा घरबेटीको छोरी भाडाको लागी झाँपाबाट फोन गर्छन । र उनीहरुले लकडाउन खुकुलो भएपछि आउँने सोचे र उनीहरु आईपुग्ये । असार छ गते आफु बसेको घरमा आउँदा घरबेटीले कोठामा पस्न दिएनन । क्वारेन्टाइमा बसन आग्रह गरे जायज पनि थियो । समय संगैको अवस्थामा । क्वारेन्टाइनमा बस्न जादा इन्चार्जले आफ्नो लागी बस्दा सम्मको सबै व्यवस्था आफैगर्नु पर्ने अभिव्यक्त गर्दा उनीहरुले बताय अनुसार गर्न नसकेर अन्त कतै भए हेर्ने कुराका साथ निस्कीए । भैतारीए धेरै ठाउँमा, वडामा पनि गए कहि कतै बाट सहयोग प्राप्त भएन । एक त घरबेटीले घरमा प्रवेश गर्नमा रोक लगाएको पिडा त छदैछ । अर्कोतिर क्वारेन्टाइनमा समेत बस्न नपाएपछि उनीहरु एकदम थाकेका अनुहार लिएर जहीतही आफ्नो बासस्थान बनाउदै हिड्न लाग्ये । 

अचानक यस घटना मितिनी नेपालको कानमा परयो र मितिनी नेपालको अध्यक्ष लक्ष्मी घलानले जिल्लाको अध्यक्ष, त्यस ठाउँको इन्क्सपेक्टर लगायत सबै ठाउँमा फोन मार्फत कुरा गर्नुभयो र वडालाई अध्यक्षको फोनको रिंगले क्वारेन्टाइनमा राख्न सक्ने ठाउ छ । पठाउनुस म राख्छु । भन्ने इत्यादी जवाफ आयो र समस्याको समाधान बिगत केही दिनदेखी नभएको एकै दिनको फोनको रिंगले प्रयास पूर्ण भइदियो । महिला मन्त्रालय संग कुरा गर्दापनि पनि समस्याको समाधान हुन नसकेको त्यस समस्याको मानवअधिकार आयोगको पहलमा सिडियो संग वडा नं. नौ सम्म कुराकानी भएपछि मात्र जिल्ला प्रशासन संगको वार्तालापमा अहिले त्यस जोडीको लागी क्वारेन्टाइनको लागी खुल्ला भयो । बिना पहुच भनु या कसैको आग्रह विना सरकारले बनाएका क्वारेन्टाइनमा समेत जो कोहीको लागी ढोका खुल्ला हुदो रहेनछ ।


यस माहामरीको समयमा सरकारले व्यक्तिको स्वास्थ्य को ध्यान दिने की ? उसको यौनिकतामा विभेद गर्ने ? यो त एउटा घटना मात्र हो । यस्ता कयौ घटनाहरु हामीहरुले सुन्दै आएका छौ । यौनिकताको कारणले विभेद्ध हुदै गएका यस्ता यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई हत्याको मुखसम्म पुराउन बाध्य बनाउन यस्ता खाले ब्यवहारहरुनै काफी छ । त्यसकारण हरेक कुरामा सरकारले सहजता गर्नपर्छ । जाहे जो जुकै ब्यक्ति किन नहोस । एउटा सानो क्वारेन्टाइनको लागी त सरकारले अध्यक्षको फोनको आवश्यकता महशुुस गर्दछ । समान हकअधिकारको लागी यस सरकारले कसको फोनको आवश्यकता महशुस गर्ने हो निकै चासोको विषय छ ?

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap