मितिनी समाचार स्पेशलसमाचार

मितिनी नेपालद्धारा भर्चुअल बैठक सम्पन्न

१२ पौष, काठमाण्डौ । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले फेमिनिष्ट फर ट्रिटी ब्यान्डीङ सम्बन्धी भर्चुअल बैठक आइतबार सम्पन्न गरेको हो ।

मितिनी नेपाल र वोइमेन काइण्ड वल्ड वाइडको संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा मितिनी नेपाल लगायत विभीन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरु, संञ्चारकर्मी सहित त्रिचालीस वटा संघसंस्थामा कार्यरत व्यक्तिहरुको उक्त भर्चुअल बैठकमा सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्दै महिला हिंसा र समस्याहरुको बारे मुल बिषयवस्तु रहेको कुरा मितिनी नेपालको प्रोग्राम अफिसर सदिक्षा भट्टराईले जानकारी दिइन ।

हिमाल इनोभेटिव डेभलोपमेन्ट एण्ड रिसरच प्रा.ली., कार्यकारी निर्देशक, अधिवक्ता इन्दु तुलाधरले महिलाहरुको निम्ती कानुन बनेता पनि आजको दिनसम्म पनि सहजता महिलाहरुमा छैन् । महिलाहरु माथी हुने गरेको हिंसा आजको दिनसम्म पनि अन्तय नहुनु भनेको निकै लजास्पद कुरा रहेको बताउनु भयो । २००४ सालमा राण शासन विरुद्ध श्रमीकहरुको समान ज्यालाको लागी समानताको हेतृले आन्दोलन उठाइएको थियो । श्रमीकहरुको समस्या निराकरणको लागी निकै सङघर्ष गर्नुपरेको र यसको अन्तय अब राज्यस्तरबाट हुनैपर्ने कुरा तुलाधरले बताउनुभयो । 

कोभिडको यस चरम समयमा सबैजनाको दैनिकी चल्न समस्या भएको सन्दर्भमा यौनिक तथा लैगिंक अल्पसङख्यक समुदायका ब्यक्तिहरुलाई निकै समस्या भएको थियो । र आफुहरु लगायत सम्पूर्ण ज्याला मजदुरी गर्ने श्रमीकहरुलाई यस सन्धीको आवश्यक्ता रहेको कुरा इन्क्लुसिव फोरम नेपालका कल्पना राईले बताउनु भयो ।

देवानी संहिता र कानुनमा महिलाहरुको बारेमा धेरै कुरा लेखीएको छ । महिला र पुरुषमा समान ज्याला गर्न नसकिएको र महिलाहरुलाई कामको प्रलोभन देखाएर शोषण गर्ने इत्यादी कुराहरुको अन्त्यको लागी राज्यले यस सन्धिमा हस्ताक्षर गर्नेपर्ने कुरा राष्ट्रिय महिला आयोगका पूर्व सचिव दिपेन्द्र काफलेले बताउनु भयो । दुई वर्षको आयोगको कामको शिलशीलामा आफु महिलाहरुको समस्यामा पूर्ण रुपमा परिचत हुने अवसर पाएको र आगामी दिनमा आफुले सक्दो रुपमा सहयोग गर्ने र महिलाको काम गर्दा संघसंस्थाले शहर केन्द्रीत नभई दुरदराज रुपमा गाउँ केन्द्रित भई समस्याहरुलाई उजागर गरेर सन्धीमा आवश्यक कुराहरु ल्याउनुपर्ने काफलेले बताउनुभयो ।

धुलीखेल महानगरपालिकाका उपमेयर, विमला शर्माले श्रमीक महिलाहरुको विषयमा स्थानीय स्तरमा निकै समस्याहरु रहेको छ । कति कार्यान्वयन भएको र कति फितलो रहेको बताउनुभयो । पृतृसतात्मक सोच तत्काल हटाउन गारो छ । स्थानीय तहबाट महिलालाई समेटिएको हुनाले पहिलेको तुलनामा कम छ तर हटाउन समय लाग्नेकुरा शर्माले बताउनुभयो । अधुरो अधिकार प्राप्त गरिएको हुनाले सबै न्युनिकरण गर्नका लागी हरेक क्षेत्रमा महिलाहरुको सहभागिता गराउनको लागी नगरपालिकाले काम गदैआइरहेको कुरा उँहाले बताउनुभयो ।

राज्य स्तरमा महिलाहरुको आवाज उठाउनु निकै आवश्यक रहेको र अब यसलाई कार्यान्वयन पक्षबाट मजबुत बनाउनु निकै आवश्यक रहेको कुरा मितिनी नेपालको कार्यकारी निर्देशक सरीता केसीले बताउनु भयो ।

Show More

संबन्धित समाचार

यो पनि पढ्नुहोस्

Close
Back to top button
Close
Share via
Copy link
Powered by Social Snap