समाचार

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले गरे सामुहिक एजेन्डामा सहकार्य

पोखरा । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको हक अधिकारको लागी पैरवी गदै आएको संस्थाहरु ब्लु डायमण्ड सोसाइटी (बिडिएस), मितिनी नेपाल र समावेशी मञ्च गरी तीनै संस्था प्रभावकारी रुपमा आफ्नो अभियान सञ्चालन गर्नका लागी सामुहिक एजेण्डामा हस्ताक्षर गरेका थिए ।

उक्त कार्यशाला पौष १४ र १५ गते पोखरामा सम्पन्न भएको थियो । उक्त कार्यशालामा मितिनी नेपालका अध्यक्ष, लक्ष्मी घलान, ब्लु डायमण्ड सोसाइटीका अध्यक्ष, मनिषा ढकाल, समावेशी मञ्चका अध्यक्ष बद्री पुन मगर, वरिष्ठ पत्रकार बबिता बस्नेत, महिला अधिकारकर्मी सरु जोशी, महिला अधिकारकर्मी रीता थापा लगायत अन्य ब्यक्तिहरुको समेत प्रमुख उपस्थिती रहेको थियो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई राज्यले स्वीकार गरिसक्नु तर अधिकार दिन कञ्जुस्याई गरिरहेको अहिलेको अवस्थामा यो समुदायका व्यक्ति, संस्थाबीच सहकार्यको आवश्यकता परेको कुरा समुदायका ब्यक्तिहरुले बताएका थिए ।

उक्त कार्यशालामा सरु जोशीले एकतामै बल हुने विषयमा प्रकाश पार्नु भयो । जनगणनादेखि सरकारका नीति तथा कार्यक्रमहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आफ्नो हिस्सेदारी खोज्नका लागि पनि यो एकता हुन आवश्यक रहेको बताउनु भयो ।

यसै गरी वरिष्ठ पत्रकार बबिता बस्नेतले एकबद्ध समूहको समस्या राजनीतिक एजेन्डा बन्न सक्ने र त्यसो भयो भने मात्रै अधिकार प्राप्तिको लडाई सफल हुने विचार राख्नु भयो ।

कार्यशालामा विगतका मनमुटावहरु पखाल्ने काम भयो । नयाँ जोश, नयाँ सहकार्यको भावनाका साथ एक अर्काको परिपुरक भएर काम गर्ने यो नयाँ पहलले निश्चय पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अभियानका लागि कोशेढुंगो सावित हुने कुरामा आफु विश्वसत रहेको कुरा मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले बताउनुभयो ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको लडाईमा सतिसाल झै उभिरहने नेपालको एक हस्ताक्षरका रुपमा महिला अधिकारकर्मी रीता थापालाई लिने गरिन्छ । उहाँले नितान्त निजी पहलमा निस्वार्थ भावनाले पटक पटक आफ्नै निवासमा तीनै संस्थाका प्रतिनिधिहरुलाई राखेर सहकार्यको महत्व, आवश्यकता र भविष्यबारे छलफल गराउनु भयो । सहकार्य गर्ने, अभियान चलाउने काममा धेरै प्रकारका साधन स्रोतको आवश्यकता पनि पर्छ । सोको व्यवस्थापनमा पनि सहयोग जुटाई दिनु भयो ।

२००१ देखि सुरु भएको अभियानमा अहिलेको यो सहकार्य एक महत्वपूर्ण मोड बन्न पुगेको छ । जसको श्रेय रीता थापा र तीनै संस्थाका प्रतिनिधिहरुलाई जान्छ ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap