मितिनी समाचार स्पेशलसमाचार

यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई राहत वितरण

काठमाण्डौ । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको हक अधिकारको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले कोभिडको यस विषम परिस्थितीलाई मध्यनजर गदै एलजीबीटीआईक्यु समुदायका ब्यक्तिहरुलाई सामाजिक दुरी कायम गदै राहत वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।

विश्वभरीनै फैलीरहेको कोरोना भाइरसका कारण घर, परिवार र समाजबाट बहिस्कृत भएर आफ्नो पहिचानको लागी संघर्षमा होमीनु भएका एलजीबीटीआईक्युका ब्यक्तिहरुलाई बैशाख २१ गतेदेखी नै राहत वितरण गदै आएको कुरा संस्थाका अध्यक्ष लक्ष्मी घलानले बताउनु भयो । काठमाण्डौ मात्र नभएर काठमाण्डौ बाहिरका जिल्लाहरुमा समेत राहत वितरण गरिएको कुरा घलानले बताउनुभयो । उहाले काठमाण्डौमा चाहविल, बौद्ध, जडिबुटी, थानकोट, बनस्थली, स्वयम्भु, लाजिम्पाट लगायतका स्थानहरुमा समुदायका ब्यक्तिहरुलाई राहत वितरण गरिएको जानकारी गराउनुभयो ।

राहत पुराउन सम्भव नभएको जिल्लाहरुमा विशेष गरी नगद स्वरुप पर व्यक्ति दुई हजारको दरले नगद उपलब्ध गराईएको थियो । प्युठान, चितवन, कपिलवस्तु, मुगु, बाँके, स्याङजा, सुनसरी, मोरङ, पाल्पा, मकवानपुर, पाचथर, बर्दिया, लगायतका जिल्लाहरुमा बैङ्क मार्फत पहिलो चरणको राहत वितरण गरीएको थियो । दोस्रो चरण राहत स्वरुप बद्धिया, कैलाली, चितवन, मकवानपुर, जनकपुर, धनुषा, दाङ, रसुवा, हेटौडा, बारा, सर्लाही, धनकुटा, काठमाण्डौ, इलाम, महोत्वरी, सप्तरी, बाँके, रुकुम, बाग्लुङ, भक्तपुर, इटहरी लगायतका जिल्लाहरुमा खाद्यन्न सहितको राहात बितरण मितिनी नेपालले गरेको थियो ।

राहत उपलब्ध गराउन व्यक्ति स्वयम उपस्थित हुन नसकेको जिल्लाहरु धनगढी र सिरहा जिल्लाका दश जना समुदायका व्यक्तिहरुलाई पर व्यक्ति दुई हजार नगद राहत पुन वितरण गरिएको थियो । मितिनी नेपालले पुन युएन वुमेनको सहयोगमा काठमाण्डौमा बसोबार गरीरहेका व्यक्तिहरु जसलाई आर्थिक समस्या एवंम रोजगारको समस्या भएर दुई छाक जोह गर्न नसकेका एलजीबीटीआईक्यु समुदायका व्यक्तिहरुलाई पुन राहात वितरण कार्यक्रम सम्पन्न गरेको थियो यस चरणको राहत मितिनी नेपालको प्रांगणबाटनै सामाजीक दुरी कायम गरी बितरण गरिएको थियो । राहत स्वरुप दाल, चामल, गेडागुढी, साबुन, सेनीटाइजर, माक्स, तेल, मस्यौरा, नुन लगायतका सामाग्रीहरु काठमाण्डौमा वितरण गरिएको थियो भने वाढी प्रभावीत जिल्लाहरुमा ब्लांकेट विरतरण गरिएको थियो ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap