आत्मकथाप्रदेश २

लकडाउनको बेलामा अर्का एक ट्रान्सजेण्डरले गरे आत्महत्या

२८ वर्षका मनिष यादव सप्तरिमा आफ्नो परिवारसंग खुसीनै थिए । १० वर्ष लामो सङघर्ष यौनिक तथा लैङिगंक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको हक अधिकारको लागी लड्दै हिडे र लडिनै रहेका थिए । निलहिरा समाजका कार्यरत उनी जसोतसो आफ्नो दुइछाक जोह गर्थे । परिवारमा सङख्या बढ्दै गयो र त्यसको आवश्यक्ता परिपूर्तीको लागी उनलाई सजिलो भएन ।

आफ्नो परिवार पाल्नको लागी पैसाको आवश्यकताले गर्दा विदेश जाने सोच राखे तयारी गरे तर उनको यौनिकताको कारणले उनको सपना चकनाचुर भयो । ट्रान्सम्यान भएको कारणले यो सम्भव भएन र उनको सपना सपनामै सिमित रहयो । दुख सुख आफ्नो जिवन अगाडी बढाउदै थिए ।

यादव नेपालमा यौनिक तथा लैङिगंक अल्पसङख्यक समुदायका ब्यक्तिहरु मध्ये पहिलो ट्रान्सम्यान हुन जसले टेस्ट टयूब बेबी मार्फत आफ्नो जिवन अगाडी बढाउने जमर्को गरेका थिए र उनी सफल पनि भए । उनको एउटा छोरीको जन्म भयो उनीहरु खुसीनै थिए । दुख सुख नेपालमा केही गरुला भनेर अगाडी बढ्दै गएका थिए ।

बच्चाको जन्मदता गनुपर्ने सम्भव थिएन । कति ठाउमा हार गुहार गरे । उसले भन्न पर्ने र गर्न पर्ने ठाउ कहि बाकी राखेनन । कहिबाट पनि उनको समस्याको समाधान भएन । धेरै सोचका साथ बच्चा जन्माए तर बच्चाको भविष्य उनको अगाडी केही थिएन । र सबैतिरको विभीन्न खाले लाल्छना, समाजको घुणा, तिरस्कार र छि छि पनाले उनलाई आत्म हत्याको बाटो अपनाउन बाध्य बनायो । उनी आज हामी सामु छैनन तर उनको छोरी र परिवार छन । के उनिहरुले न्याय पाउछन त अब ?

२००७ सालमा सर्वोच्च अदालतले यौनिक तथा लैगिंक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको लागी कानुनी मान्यता दिनुपर्छ भनेर घोषणा गरयो तर त्यो कागजको पानामा सिमित भयो । यस्तै कारणले पछिल्लो समय यस्ता घटनाहरु सुनिदै आएको छ । लकडाउनमा सबै जना छौ । सबैजनाको अवस्था सहज छैन ।

त्यसमाथि पनि यौनिक तथा लैङिगंक अल्पसङख्यक समुदायका ब्यक्तिहरु जसले घर, परिवार र समाजबाट तिरस्कृत हुदै आफ्नो सबैथोक त्यागेर अगाडी बढेका हुन्छन । न्याय गर्न बसेका ब्यक्तिहरुबाट न्यायको ढोका नखोली दिदा मागहरु सम्बोधन नगर्दा उनिहरु आत्म हत्याको बाटो अपनाउन बाध्य भएका हुन्छन ।

यो त एउटा उदाहरण मात्र हो समाजमा यसरी दिनानुदिन विभीन्न कारणले यौनिक तथा लैगिंक अल्पसङख्यक समुदायका ब्यक्तिहरु मृत्युको बाटो अंगाल्न विवश छन । कहीले सम्म सरकारले ट्वाल्ल परेर घटना हेरेर बस्ने ? कहिले सम्म सरकारले यौनिक तथा लैगिंक अल्पसङख्यक समुदायका ब्यक्तिहरुको हक अधिकार सुनिश्चत गराउने ?

दुई दशक लामो बहस आजको दिनमा पनि बहसमै सिमित छ । के फरक यौन अभ्यासको कानुनी मान्यता छैन भने सिधै भन्नु परयो होइन भने यसलाई बहसको रुपमा अगाडी बढायर अरु हत्या गर्ने काम कहि कतै बाट नहोस । आगामी दिनमा अरु यौनिक तथा लैङिगंक अल्पसङख्यक समुदायका ब्यक्तिहरुले अकालमा आफ्नो ज्यान गुमायका घटनाहरु सुन्न नपरोस । अब अरु मनिषहरुले फरक यौनिकताको कारणले समाजको तिरस्कार र आर्थिक अभावका कारणले मृत्युको ढोका खोल्न बाध्य नबनाइयोस  सरकार ?

Show More

संबन्धित समाचार

यो पनि पढ्नुहोस्

Close
Back to top button
Close
Share via
Copy link
Powered by Social Snap