प्रदेश ३मितिनी समाचार स्पेशलसमाचार

विश्वव्यापी आवधिक समीक्षा कार्यक्रम सम्पन्न

काठमाण्डौ । यौनिक तथा लैङिंगक अल्पसङख्यक समुदायका व्यक्तिहरुको लागी पैरवी गदै आएको संस्था मितिनी नेपालले राजधानीमा एक दिने विश्वव्यापी आवधिक समीक्षाको राष्ट्रिय प्रमाणीकरण परामर्श कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधीत्व गरेर यौनिक तथा लैङिंगक अल्पसङख्यक समुदायका व्यक्तिहरुको प्रमुख उपस्थितीमा आयोजना गरीएको उक्त कार्यक्रममा प्रदेशबाट उठेका मुद्दाहरुको बारेमा चर्चा परिचर्चा गरिएको थियो । प्रदेशबाट उठेका समस्याहरुलाई युपीआरमा सबैको सामुहिक छलफलबाट निक्यौल गने उद्देश्यले सबैको रायको आवश्यक्ता रहेको कुरा डब्लु.एच.आर.को कार्यकारी निर्देशक, सुमिरा श्रेष्ठ ले बताउनुभयो ।

उहाले मागहरुको सम्बोधन गदै प्रदेशमा शिक्षा, रोजगारी, स्वास्थ्य, नीतिनियम, सरकारको सहयोग, राजनीतिमा समावेश, सामाजीक स्वीकार, हिंसाको विषय, स्वतन्त्र जिवन लगायतमा यौनिक तथा लैङिंगक अल्पसङख्यक समुदायका व्यक्तिहरुमाथी के कस्तो समस्याहरु छन् । र सुधारनुपर्ने कुराहरुको बारेमा सामुहिक चर्चा गरिएको थियो । 

अध्यनरत पाठ्यपुस्तकमा एलजीबीटीआई के कसरी समावेश गरीएका छन् । र आगामी दिनमा सुधारनु पर्ने एवंम थप्नुपर्ने सामाग्रीहरुको बारेमा समेत प्रदेश स्तरमा छलफल गरीएको थियो ।
कार्यक्रममा सहभागीहरुले आफ्नो प्रदेशस्तरका समस्याहरुको बारेमा चर्चा गर्नुको साथै थप्नुपर्ने विषयको बारेमा समेत खुलेर छलफल गरेका थिए ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap