प्रदेश ३मितिनी समाचार स्पेशलसमाचार

समान शिक्षा सबैका लागी —एलजीबीटीआई

काठमाण्डौं । यौनिक तथा लैङिंगक अल्पसङख्यक समुदायका व्यक्तिहरुको हकअधिकारको पक्षमा पैरवी गदै आएको संस्था मितिनी नेपालले बिहीबार काठमाण्डौंमा दक्षिण एशियाली युवा महिला नेतृत्वमा राष्ट्रिय साक्षेदारी कार्यक्रम ¨समान शिक्षा सबैका लागी¨ भन्ने मेन उद्देश्यका साथ एकदिने कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विभीन्न विद्यालयका शिक्षकहरु, यौनिक तथा लैङिगक अल्पसंख्यक समुदायका ब्यक्तिहरु लगायत युवा महिला नेताका सम्पूर्ण व्यक्तिहरुको समेत प्रमुख उपस्थिती रहेको थियो ।
मितिनी नेपाल र ग्लोबल फण्ड फर वुइमेनको संयुक्त आयोजनामा गरीएको उक्त कार्यक्रममा मितिनी नेपालको कार्यकारी निर्देशक सरीता केसीले सबैमा समान शिक्षा होस । शिक्षामा विभेदकारी वातावरण नआओस भन्ने मुल एजेण्डाका साथ ¨समान शिक्षा सबैका लागी¨ भन्ने यात्रा शुरु गरेको कुरा बताइन ।

उनले हाम्रो यो यात्रामा सहकार्य गदै युवा महिला नेताका दश जना टिमको सहयोगले हामीले आज यो उपलब्धी प्राप्त गर्न सफल भएकोमा खुसी ब्यक्त गरीन । यौनिक तथा लैङिंगक अल्पसङख्यक समुदायका व्यक्तिहरुको हकमा शिक्षामा सहकार्य अझै आवश्यकता छ । विद्यालय मैत्री शौचालय नहुदापनि धेरै जना शिक्षाबाट बञ्चित रहेको कुरा केसीले बताइन ।

युवा महिलाका नेतृ समिक्षा तामाङले सेलोन प्रोजेक्टको तिन वर्षको अन्तरालमा आफ्नो टिमले गरेका कार्यहरुको एउटा सानो दृश्य क्लिप पनी उपस्थित सबैमा देखाउदै आफुले यस कार्य सफल पार्न भोगेका चुनौतीहरुको बारेमा बताइन । काम गदै जाने क्रममा आफुहरुलाई अन्य संघसंस्थाहरुले पनि सहयोग गरेका ेकुरा प्रष्ट पारीन । सहयोगी हातहरु सबैमा उनले नमन प्रकट गरीन ।

विद्यालयको विशेषगरी सहयोग र साथको आवश्यकता पर्ने ठाउँमा आफुहरुको साटो युवा महिला नेताले समान शिक्षा सबैका लागी भन्दै अगाडी बढ्कोमा विद्यालयले खुसी ब्यक्त गरयोे । उनीहरु यति पोख्त भैसकेकी आएका हरेक चुनौतीको सामना गर्न सक्ने अवस्थामा पुगेको कुरा साधना श्रेष्ठले बताइन । ओरेन्ट कलेज र व्रिटीस गोर्खा कलेजलाई मितिनीले प्रमाणपत्र दिदै सामुहिक बुक लञ्ज पनि गरेको थियो ।

कार्यक्रममा आगामी दिनमा अझै थप सेवा एवंम सहयोग गर्नेमा समेत प्रतिवद्धता साधना थापाले बताइन । युवा महिला नेताका उपस्थित सबैजनाले आफुहरुले यो अवसर पाइयो र यसको सही सदुपयोग गर्ने अवसर दिएकोमा मितिनी नेपाललाई सामुहिक रुपमा धन्यवाद प्रकट गरे ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap