मितिनी समाचार स्पेशल

सरकारको ध्यान केन्द्रित कहिले हुने ?

काठमाण्डौ । सुशान्त रोकाय मगर र बिष्णु सार्की दुबैजना समलिंगी जोडी हुन । हाम्रो देश नेपालमा यौनिक तथा लैगिंक अल्पसङख्यक समुदायका ब्यक्तिहरु आफ्नो हक अधिकारको लागी लडेको पनि एक दशक हुन लागिसक्यो । कति परिवर्तन हामी जो कोहिले पनि देख्न सक्छौ । तर सोचेजस्तो परिवर्तन आउन अझै कति समय लाग्छ यसै भन्न सकिने अवस्था पनि छैन् ।

आजका दिनमा पनि समुदायका ब्यक्तिहरु परिवार, समाज र राज्यका कारण विभिन्न खाले हिंसाको शिकार हुदै आइराख्नु परेको छ । यि सबै ब्यक्तिहरुले सामुहिक यातना सहन नसकेर वैकल्पीक बाटो अपनाएर आत्महत्या जस्तो बाटो रोजेको हामी जो कोहीले पनि घटनाहरु सुनिरहेका छौ । हो एउटा यस्तै घटना २०७७ साल श्रावण २४ गतेका दिन स्याङजा जिल्ला चापाकोट नगरपालिका वडा नं. ७ मा घटना घटेको थियो । दुई समलिंगी जोडी बाकै बैजनाथ गाउपालिका वडा नं. ६ मा बस्दै आएका २९ वर्षिय सपना रोकाय मगर स्याङजा जिल्ला चापाकोट नगरपालिका वडा नं. ७ रामघाट स्थित कसष्मा नेपालीको घरको कोठामा रोकाय मगर झुन्डिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको छ ।

दुई समलिंगी जोडीले २०७२ सालमा प्रेम विवाह गरेर संग बस्दै आएका थिए । कोभिडको असरले सबैजना प्रभावित भैरहेको समयमा उनिहरु कामको शिलशिलामा त्यस ठाउमा काम गर्न गएको र लकडाउनका कारण बस्न बाध्य भएको र यस्तो खाले घटना भएको कुरा स्याङजा प्रहरी कार्यालयले बताएको छ । मृतकको अवस्था हेर्दा आत्महत्या जस्तो देखिएको छैन् । उनको यौनाङबाट रगत बगेको छ भने शरिरभरी चोटै चोटको खतहरु देख्न सकिन्छ । पोष्टमार्टम रिपोट आउन बाकी नै छ । तर त्यस रिपोटले पिडीतलाई न्याय दिनेछ भन्नेमा हामी जो कोही विश्वस्त नै छौ । आत्महत्या देखीय पनि लासको प्रकृति हेर्दा हत्या नभएर अन्य कारण सहज लाउन सकिन्छ ।

एलजीबीटीआईक्यु समुदायका ब्यक्तिहरु माथी पछिल्लो समय यस्ता खाले घटनाहरु तिव्र रुपमा घटेका पाइन्छ । बलात्कारको शिकार हुदापनि होइन भन्ने खाले समाचारहरु प्रकाशित हुदा उनिहरुमाथी अन्याय भैरहेको र धेरै हत्याहरु न्यायको पर्खाइमा रहीरहेका छन् । त्यसकारण नेपाल सरकारको पनि समाजमा घटिरहेका समुदायका ब्यक्तिहरुको घटना माथि सरकारको ध्यान केन्द्रित हुनु निकै आवश्यक्ता छ ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap