देशप्रदेश १विचार

सरकारले ढोकामा ताल्चा लगायर भित्र प्रवेश गर भने जस्तो व्यवहार हामी माथी भयो ‘एलजीबीटीआई’

फरक यौनिकता तथा लैगिंकता भएकै आधारमा यौनिक तथा लैगिंक अल्पसङख्यक समुदायका व्यक्ति (LGBTI) हरु ब्यक्ति परिवार, समाज र राज्यले विभीन्न प्रकारको हिंसा तथा भेदभाव गरिरहेको अवस्था छ ।

नेपालको संविधान २०७२ ले यौनिक तथा लैङिक अल्पसङख्यकहरुलाई संवोधन गरिएको भएतापनि यसको कार्यान्वयन पक्ष आजको दिनसम्म पनि फितलो हुदा अहिले सम्म संविधानले सुनिश्चित गरेको अधिकारहरु समेत उपभोग गर्न पाइरहेको छैनन ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना (COVID 19) को माहामारीले गर्दा नेपाल पनि अछुत रहन सकेन । फल/स्वरुप नेपालमा पनि दिनप्रति दिन सैक्रमित संख्या बढी रहेको छ भने मृत्य हुनेको संख्यापनि बढिरहेको अवस्था छ । यस माहामारीले सबै व्यक्ति तथा समुदायमा असर र प्रभाव पारीरहेको अवस्था छ । 

उच्च, निम्न र मध्यम सबै वर्गका मानिसहरुलाई प्रत्यक्ष यस माहामारीले असर पारिरहेको छ । तथापी अझ धेरै यसको प्रभाव भने यौनिक तथा लैगिंक अल्पसङख्यक समुदायलाई परिरहेको छ । किनकी पारिवारीक अस्विकार्यता, सामाजीक लाञ्छना तथा भेदभावको कारणले आफ्नो निवास आफु जन्मेको हुर्केको ठाउ, स्थान, देश छोडी ज्याला मजदुर गरि जिविको पार्जन गरिरहेको यस समुदायका व्यक्तिहरुलाई ((COVID 19) कोरोना माहामारीको लकडाउनले प्रत्येक्ष प्रभाव परिरहेको छ । र जिवीको पार्जन गर्नलाई समस्या परिरहेको छ । भएका रोजगारी पनि काम यस माहामारीले गर्दा गर्न नपाएको अवस्थामा खोसीने सम्भावना दिनानुदिन उच्च मात्रामा बढ्दै गएको छ । 

लकडाउनले गर्दा जिविको पार्जन गर्न नै गाह्रो भएको व्यक्ति समुदायहरुलाई सरकारले राहत वितरण गरिरहेको छ तर पनि यौनिक तथा लैङिगंक अल्पसङख्यक समुदायको राहतमा पहुच नपुगेको कारण कतिपय ठाउमा राहत प्राप्त गर्न सकिरहेको छैन । सहजताका साथ राहत पाउन गाह्रो भएको छ भने अर्को तर्फ दातृ निकायले गरिरहेको सहयोगमा कमी आउने देखिरहेको छ । राहत वितरणमा समानता नहुदा पनि कति यौनिक तथा लैङिगंक अल्पसङख्यक समुदायका व्यक्तिहरु जसले हरेक समस्याहरु यस माहामारीको समयमा झेल्दै आइरहेका पाइनछ । यि यस्ता कारणहरुले वेरोजगारी र भोलीको दिनमा भयावह अवस्था निम्तीने सम्भावना झनै बढ्ने देखिन्छ । 

संविधानले संवोधन गरिसकेको यस समुदायलाई आ.व २०७७/०७ को बजेटले पनि संवोधन नगर्दा (COVID 19) भन्दा बढी महामारी भएको यस समुदायलाई भान भएको छ । सरकारले ढोकामा ताल्चा लगायर भित्र प्रवेश गर्न आवहान गरेको यस्तो सरकारको प्रवृतिले समुदायकै मजाक उडाएको देखिन्छ । 

पहिलेको केहि आ.व. को बजेटमा यस समुदायलाई सम्वोधन गरिएको थियो । अहिले किन भेदभाव ? हाल कोरोना भाइरस (COVID 19) को प्रभाव नेपालको सातै प्रदेशमा परिरहेको छ । जसमा पनि प्रदेश नं.१ पनि उच्च जोखिममा रहेको छ । यो समुदायको व्यक्ति संक्रमित छ या छैन यकिन भने हुन सकेको छैन किनकी संक्रमितहरुलाई महिला र पुरुषमा मात्र गणना गरिरहेको कारण नखुलेका समुदायका ब्यक्ति हुन सक्ने अनुमान गर्न बाहेक विकल्प छैन । 

यस लकडाउनको समयमा यौनिक तथा लैङिक अख्पसङख्यक समुदायको अवस्था दिन प्रतिदिन जटिल हुदै गइरहेको छ । ज्याला मजदुरी गरि जिवन यापन गर्नुपर्ने उनिहरुको दैनिकी दयनिय बनेको छ । सम्पूर्ण कार्यहरु ठप्प भएको कारण घरभित्र नै बस्नु पर्ने वाध्यता छ । घरभित्र बसिरहेका कारणले खाद्यन्न सकिएर राहतको प्रतिक्षामा बसेका परिवारका यस समुदायले राहत पनि पाउन सकिरहेको छैन । यदि यस्तै अवस्था भएमा भोलिको दिनहरु अझ भयबद्ध हुने अवस्था छ । त्यसैले यस विषयमा सरकार सचेत हुन अति आवश्यक छ । सरकार विना भेदभाव आफ्नो देशका नागरिकहरुको रक्षा, सुरक्षा र अधिकार पहल गरौ ।

 

कबिता तामाङ
अधिकारकर्मी

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap