प्रदेशमितिनी समाचार स्पेशल
Trending

यौन अभिमुकरण तालीम सम्पन्न

९ चैत, काठमाण्डौ । मितीनी नेपालद्धारा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुका लागी दाङको गडवामा यही शनिवार ९ गतेका दिन १ दिने यौन अभिमुखीकरण तालीम सम्पन्न गरिएको थियो। उक्त तालिममा मितीनी नेपालको अध्यक्ष लक्ष्मी घलान र कार्यकारी निर्देशक सरीता केसीको प्रमुख उपस्थिती रहेको थियो ।

मितीनी नेपाल बिगत १८ वर्षदेखी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको हक-अधिकारको लागी लड्दै आएको संस्था हो र यस संस्थाले यसै LGBTIQ समुदायको लागी नै निरन्तर काम गदैआइरहेको छ ।

उक्त कार्यक्रममा मितिनी नेपालको कार्यकारी निर्देशक सरीता केसीले यौनिक तथा
लैङ्गिक अल्पसङख्यक समुदाय भनेको अरु समुदाय जस्तै हामीमा समानता रहेको तर यौनिकताको कारणमात्र हामीमा फरक रहेको कुरा बताउँनु भयो ।

उहाँ यस समुदायको हक अधिकारलागी बिगत ७ वर्षदेखी यस LGBTIQ समुदायहरुको हक अधिकार, मानव अधिकारको लागी लडीनै रहनु भएको र लडीरहने कुरा उँहाले जानकारी गराउँनु भयो । यस समुदायमाथी हेरीने दृष्टिकोण, गरीने ब्यवहारमा फरक ल्याउनु पर्ने कुरा नितान्त आवश्यक रहेको कुरा बताउँनु भयो ।

यसैगरी उक्त कार्यक्रममा मितीनी नेपालको अध्यक्ष लक्ष्मी घलानले हामी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरु समाजमा अरु सरह अगाडी बढ्नु पर्ने र आफ्नो हक अधिकारको लागी पछाडी हट्न नहुनेकुरा बताउनु भयो ।

उहाँले यस समुदायको लागी बिगत १८ वर्षदेखि लड्दै आएको र आफ्नो पुरै जिवन यसमानै समपर्ण गरेको हुनाले यस समुदायको हक अधिकारको निम्ती लड्नको लागी आफुलाई कुनै आधिबेरीले नछेक्ने कुरा उक्त कार्यक्रममा बताउँनु भयो ।

साथै यस समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी सम्पूर्ण स्थानीयवासी, LGBTIQ हरुको पनि साथ सहयोग सर्मथनको ठूलो आशा लिएको कुरा उहाले बताउनु भयो ।

उहाले एक्लै केही सम्भव नरहेको तर एकजुट हुदाँ असम्भव भन्ने कुरा केरी नरहने ब्यक्त गर्नुभयो।

कार्यक्रममा २५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको उपस्थित रहेको थियो । उनीहरुले आफुमाथी समुदाय, राज्य र अरु मानिसहरुले गरेको ब्यहारमा फरक ल्याउनु पर्ने र आफुमाथी भएको अवहेलनाको समेत खुलेर कुरा राख्दै समानताको साथ बाच्न पाउँनु पर्ने कुरा ब्यक्त गरेका थिए ।

स्थानीयवासीहरुले पनि उनिहरुमाथी गरिएको हिंसा, अपहेलना, घृणा र तिरस्कार भएको साथै LGBTIQ माथी गरीने दृब्यवहार आफुलेपनि जानेर नजानेर गरिएको हिंसा र आगामी दिनमा यस्ता खालका मानविय हिंसा, दृब्यवहार आफुबाट नहुनेकुरा बताउनु भयो ।


उहाँहरुले यो समाजमा परिवर्तन गर्नका लागी मितीनी नेपालले अझै नयाँ कार्यक्रमहरु बिस्तार गरी समाजमा केही छैन असम्भव सबै सम्भव छ भन्ने खालका सचेतना मुलक कार्यक्रम, क्षमता अभिबृदी मुलक तालिमको सख्त आवश्यक्ता रहेको कुरा बताउँनु भयो ।


साथै सम्पूर्ण LGBTIQ लगायत अन्य समुदायहरुलाई धन्यवाद दिदै यस यौन अभिमुखीकरण तालीमको समापन अध्यक्षबाट गरिएको थियो ।

Show More

संबन्धित समाचार

Back to top button
Close
Share via
Copy link
Powered by Social Snap